४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने अपेक्षा, के-के छ तयारी ?

३ बैशाख २०८०, आईतवार १६:४९

वैशाख ३, दोहा । रासस/एएफपी । विश्वकपपछि केही सुनसान देखिए पनि सन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका पर्यटन प्रमुखले आइतबार बताउनुभएको छ । 

कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको स्वीकार्नुभयो ।  

तर उहाँले प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहने गरेको बताउँदै उहाँले कतारका होटलहरू अझै पनि ६५ देखि ७० प्रतिशत सम्म भरिभराउ रहेको बताउनुभयो ।

बेकरले सन् २०२३ को पहिलो त्रैमासिकमा ११ लाख ६० हजार पर्यटक कतारको भ्रमण अवलोकन गरेको पत्रकार सम्मेलनमा एएफपीसँग बताउनुभयो ।

सन् २०१९ मा कोरोना भाइरस महामारी अघि करिब २१ लाख पर्यटक आएका थिए । तुलनात्मक रूपमा, प्रतिद्वन्द्वी दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटकहरू भेला भएका थिए ।

आफ्नो प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रमहरू आयोजना गर्न अरबौं डलर खर्च गरेको छ ।

सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । “मलाई लाग्छ, सन् २०२३ मा हामी लक्ष्यबाट धेरै टाढा हुनेछैनौं,” बेकरले एएफपीसँग भन्नुभयो । 

“फिफाका कारण हामीले आतिथ्य उद्योगमा धेरै पूर्वाधारहरू निर्माण गर्यौं र निःसन्देह पनि आगामी महिनाहरूमा होटेल प्रयोग दरहरू माथि जाने सुनिश्चित हामीले गर्दैछौं  ।

सन् २०२४ को अक्टोबर २ देखि मार्च २८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी हुने ३० लाख पर्यटकमध्ये करिब एक तिहाइ विदेशी पर्यटकले अवलोकन गर्ने अनुमान कतारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता