४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का

५ बैशाख २०८०, मंगलवार ०९:२२

वैशाख ५, काठमाडौँ | टर्किएमा विनाश मच्चाएपछि अहिले फिजीमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.३ मापन गरिएको छ ।

भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरु त्रसित भएका थिए । फिजी दक्षिण प्रशान्त महासागरमा रहेको एउटा देश हो, जुन ३०० भन्दा बढी टापुहरूको द्वीपसमूह हो। जसमध्ये १०६ स्थायी बसोबास भएका छन् ।

एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो। एनसीएसले ट्वीट गर्दै भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ ।

अर्कोतर्फ युएसजीएसका अनुसार एक साताभित्र यो दोस्रो भूकम्प हो । यसअघि बिहीबार पनि फिजीमा भूकम्प गएको थियो जसको तीव्रता रिक्टर स्केलमा ४.३ मापन गरिएको थियो ।

यसअघि अप्रिल ३ मा पपुवा न्युगिनी र तिब्बतमा भूकम्पको धक्का महसुस गरिएको थियो । आइतबार–सोमबार राति तिब्बतको शिजाङ सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ः१२ बजे शिजाङमा भूकम्प गएको हो । त्यसपछि मानिसहरूमा त्रास फैलिएको थियो र ठूलो संख्यामा मानिसहरू घरबाट बाहिर निस्केका थिए।

यसअघि पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको थियो । जसको तीव्रता रिक्टर स्केलमा ७.३ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति करिब ११ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । यस भूकम्पमा कुनै पनि प्रकारको क्षति नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता