४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

छ दिनसम्म अन्नपानी नपाएका आठ जना मछुवारा डुबेको आशङ्का

६ बैशाख २०८०, बुधबार ०८:५०

बैशाख ६, क्यानबेरा | गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ । 

अष्ट्रेलियामा आठ वर्षयता आएको सबैभन्दा शक्तिशाली चक्रवात इल्सामा परेका ती मछुवाराले आफूसँग अन्नपानी नहुँदा र आफ्नो डुङ्गासमेत डुबेपछि जीवन नै त्याग गरेका हुनसक्ने अष्ट्रेलियाली समुद्री सुरक्षा प्राधिकरणले बाँचेका मछुवारालाई उद्धृत गर्दै जनाएको छ । पुत्रीजया नामको डुङ्गा हिन्द महासागरमा डुबेको र त्यसमा सवार एक जनालाई तीस घण्टापछि उद्धार गरिएको थियो । 

एक्सप्रेस वान नाम गरेको अर्को डुङ्गाका मछुवारा भने आफ्नो वाहन डुबेपछि टापुमा बसिरहेका बेला नियमित हवाई गस्तीमा रहेको अस्ट्रेलियाली सीमा बलले उनीहरूलाई देखेको थियो । समुद्रीमार्ग भएर गैरकानुनी गतिविधि सञ्चालन गर्न उनीहरू त्यहाँ बसेको ठानेर हेलिकप्टरमा त्यहाँ गएका सुरक्षाकर्मीले आपतमा परेका उनीहरूलाई उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता