४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यमनमा रमजानका लागि दान दिइरहेका बेला भागदौड, ७८ को मृत्यु

७ बैशाख २०८०, बिहीबार ०५:३९

बैशाख ७, काठमाडौँ | यमनको राजधानी सनाको एक स्कुलमा रमजानका लागि दान बाँड्दै गर्दा भागदौड मच्चियो । उक्त भाग दौडमा ७८ जनाको मृत्यु भएको छ ।  यमनका गृहमन्त्रीले दान दिइरहेका व्यक्तिलाई हिरासतमा लिएको जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेको गृहमन्त्रीले बताए ।

सनामा एक स्वास्थ्य अधिकारीले धेरै जना घाइते भएको र तीमध्ये १३ को अवस्था गम्भीर रहेको जानकारी दिए । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार दान दिनका लागि सयौँ मानिस स्कुलमा जम्मा भएका थिए । यहाँ प्रति व्यक्ति लगभग ९ डलर दिइँदै थियो ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले दुई प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हुथी विद्रोहीले भीडलाई नियन्त्रित गर्न हावामा फायरिङ गरेको थियो । एउटा बुलेट बिजुलीको तारमा लागेको र विस्फोट भएको बताइएको छ । यसका कारण मानिस आत्तिए र भाग दौड मच्चियो ।

सहरको बाब–अल–यमन इलाकामा भएको यो घटनाको भिडियो सोसल मिडियामा छाएको छ जसमा मानिसहरू आत्तिएर दौडिरहेको देख्न सकिन्छ ।

सन् २०१५ मा देशको सरकार राजधानी सनाबाट हटेका कारण त्यहाँ हुथी विद्रोहीका नियन्त्रण छ । सन् २०१५ देखि यमनमा युद्ध जारी छ । सोही वर्ष हुथी विद्रोहीले राजधानी सनाको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा लिएर सरकारलाई हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता