२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यमनमा रमजानका लागि दान दिइरहेका बेला भागदौड, ७८ को मृत्यु

२०८०, ७ बैशाख बिहीबार ०५:३९

बैशाख ७, काठमाडौँ | यमनको राजधानी सनाको एक स्कुलमा रमजानका लागि दान बाँड्दै गर्दा भागदौड मच्चियो । उक्त भाग दौडमा ७८ जनाको मृत्यु भएको छ ।  यमनका गृहमन्त्रीले दान दिइरहेका व्यक्तिलाई हिरासतमा लिएको जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेको गृहमन्त्रीले बताए ।

सनामा एक स्वास्थ्य अधिकारीले धेरै जना घाइते भएको र तीमध्ये १३ को अवस्था गम्भीर रहेको जानकारी दिए । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार दान दिनका लागि सयौँ मानिस स्कुलमा जम्मा भएका थिए । यहाँ प्रति व्यक्ति लगभग ९ डलर दिइँदै थियो ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले दुई प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हुथी विद्रोहीले भीडलाई नियन्त्रित गर्न हावामा फायरिङ गरेको थियो । एउटा बुलेट बिजुलीको तारमा लागेको र विस्फोट भएको बताइएको छ । यसका कारण मानिस आत्तिए र भाग दौड मच्चियो ।

सहरको बाब–अल–यमन इलाकामा भएको यो घटनाको भिडियो सोसल मिडियामा छाएको छ जसमा मानिसहरू आत्तिएर दौडिरहेको देख्न सकिन्छ ।

सन् २०१५ मा देशको सरकार राजधानी सनाबाट हटेका कारण त्यहाँ हुथी विद्रोहीका नियन्त्रण छ । सन् २०१५ देखि यमनमा युद्ध जारी छ । सोही वर्ष हुथी विद्रोहीले राजधानी सनाको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा लिएर सरकारलाई हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते