२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु

२०८०, १२ बैशाख मंगलवार ०७:०५

वैशाख १२, काठमाडौँ । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । 

विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको अनुमान सरकारी अधिकारीहरूले गरेका छन् । अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले गोलाबारुदमा आगलागी हुँदा विष्फोट भएको हुनसक्ने बताएका छन् । 

पाकिस्तानी तालिबान समूहले विगत केही समयदेखि सुरक्षा बलहरूलाई लक्षित गरी धेरै आक्रमण गर्दै आएको छ तर यो विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । प्रतिआतङ्कवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विष्फोट आतङ्कवादीले गराएको नभई त्यो एक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् । कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरवाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन