४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना

१२ बैशाख २०८०, मंगलवार ११:२९

वैशाख १२, काठमाडौँ । युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् । 

मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उनीहरूले लगाए । 

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशले गरेको सैन्य कारबाहीको प्रतिरक्षा गर्दै संयुक्त राज्य अमेरिका तथा उसका सहयोगीहरूले तेस्रो विश्वयुद्ध हुननदिन स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घको जग र विश्वव्यापी कूटनीतिलाई कमजोर बनाएको आरोप लगाउनुभयो । 

महासचिव गुटरेसले विश्वस्वास्थ्य संस्थाका एक सय ९३ सदस्य मुलुकबीचको सहकार्यमा जोड दिँदै दोस्रो विश्वयुद्धको विभिषिकाका बीच स्थापना भएको संयुक्त राष्ट्रसङ्घ सदस्य देशबीच सहकार्य एवम् हार्दिकता नहुँदा स्थापनाकालदेखि नै ठूलो तनावमा रहेको बताउनुभयो । 

ठूला शक्तिराष्ट्रबीचको तनाव बढ्दा विश्व दुर्घटनातर्फ उन्मुख भएको, त्यसले द्वन्द्वको जोखिम बढाएको महासचिवको कथन थियो । युक्रेन युद्धतर्फ सङ्केत गर्दै उहाँले विश्व संस्था नै तनावमा रहेको बताउनुभएको हो । 

बैठकमा महासचिव गुटरेस, अमेरिका, बेलायत, फ्रान्स र उनीहरूका सहयोगी देशका राजदूतहरूले सबै राष्ट्रलाई सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, र प्रत्येक राष्ट्रको राजनीतिक स्वतन्त्रलाई समर्थन गर्न आवश्यक भएको बताउँदै राष्ट्रसङ्घको बडापत्रका अन्तरनिहित सिद्धान्तलाई औल्याएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता