२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

४ वर्षीया नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा

२०८०, १३ बैशाख बुधबार ११:०३

बैशाख १३, काठमाडौँ | ‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । चीनका ६५ वर्षका अवकाशप्राप्त एक वृद्धाले आफ्नै नातिनी अपहरण गरेर छोरीसँग ७० हजार डलर (करिब ९२ लाख रुपैयाँ) फिरौती मागेका छन् ।

चिनियाँ मिडियाका अनुसार युआन थर भएका वृद्धलाई जुवाको लत बसेको थियो । के सनक चढ्यो,  उनी नातिनीलाई अपहरण गर्न उनको स्कुल गए । त्यसपछि नातिनीलाई उनको आमाबुवाको घरमा पुर्‍याइदिनुको साटो छोरीलाई सिधै फोन गरे । फोनमा उनले ‘छोरीलाई हेर्न मन छ भने ७० हजार डलर फिरौती देऊ’ भनेर धम्की दिए ।

एक पटक त उनले तीन दिनभित्र फिरौती रकम नबुझाए चार वर्षीय नातिनीको हत्या गरिदिनेसमेत धम्की दिए । उनकी छोरीले तत्काल यसबारे प्रहरीलाई खबर गरिन् । त्यसपछि युआन पक्राउ परे ।

घटना कहिलेको हो भनेर स्पष्ट जानकारी छैन तर साङ्घाई ल जर्नलले ती वृद्ध पहिले पनि जेल परिसकेको बताएको छ । उनले पक्राउ पर्नुको सबै दोष आफ्नी छोरीलाई दिएका थिए । साथै छोरीले आफ्नो भलाई के मा हुन्छ भनेर नसोचेको र आफ्नो जीवनलाई सहज बनाइदिनुको साटो मरे हुन्छ जस्तो व्यवहार गरेको आरोप पनि लगाए । उनले आफ्नी छोरीलाई कृतघ्न भने । 

युआनको यस्तो व्यवहारपछि धेरैले उनलाई बुवा र हजुरबुवा हुन लायक नभएको भन्दै गाली गरे । कतिले उनकी छोरीलाई बुवासँगको सबै सम्बन्ध तोडिदिन सल्लाहसमेत दिए ।

अडिटी सेन्ट्रलका अनुसार ती व्यक्ति जेलमा हुँदा छोरीसँगको सम्बन्ध बिग्रिएको तर पूर्व श्रीमतीको सहयोगमा उक्त सम्बन्ध पुनः सुमधुर भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन