४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युद्धविरामका बीच सुडानमा हवाई हमला

१४ बैशाख २०८०, बिहीबार ११:०४

वैशाख १४, काठमाडौँ | अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । 

सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक ¥यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक हमला भएका विवरण प्राप्त भएका छन् ।  

व्यापार र विकासका लागि गठित आठ वटा अफ्रिकी देशको अन्तरसरकारी परिषद् आइजिएडीले जारी युद्धविरामलाई थप ७२ घण्टाका निम्ति लम्ब्याउन दक्षिण सुडानको राजधानी जुबामा वार्ताको प्रयत्न गरिरहेका बेला खार्तुममा पुनःयुद्ध चर्केको हो । प्रत्यक्षदर्शीका अनुसार हवाई हमलाका अतिरिक्त जमिनमा दुवै पक्षबीच गोली हानाहान भइरहेको छ । गोलीबारुद विष्फोटका चर्का आवाज सुनिएका छन् । 

युद्धविरामको अवधि अरु तीन दिन बढाउने आइजिएडीको प्रस्तावलाई सुडानी सेना प्रमुख बुरहानले सहमति जनाएका तर उनका प्रतिद्वन्द्वी डग्लोबाट स्पष्ट जवाफ प्राप्त नभएको सैनिक अधिकारीहरूले बताएका छन् । 

तेह्र दिनदेखि जारी युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता