२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जिया खान मुद्दामा अभिनेता सुरज पंचोलीलाई सफाइ

२०८०, १५ बैशाख शुक्रबार ०९:१७

एजेन्सी | फिल्म अभिनेता सुरज पंचोलीले जिया खान मुद्दामा सफाइ पाएका छन् । उनीमाथि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सीबीआई अदालतका न्यायाधीश एएस सैयदले सुरज पञ्चोलीलाई सफाइ दिने निर्णय सुनाएका हुन् । 

अदालतले प्रमाणको अभावमा सुरजलाई दोषी ठहर गर्न नसक्ने भन्दै सफाइ दिएको फैसला सुनाइएको छ ।  पञ्चोलीका वकिल प्रशान्त पाटिलले बीबीसी हिन्दीसँगको कुराकानीमा अभिनेत्री जिया खानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा मुम्बईको अदालतले सुरज पंचोलीलाई सफाइ दिएको जानकारी दिए ।


विशेष न्यायाधीश एएस सैयदको इजलासले २० अप्रिलमा यस मुद्दामा बहसको सुनुवाइ पूरा गरेको थियो । यसपछि निर्णय सुरक्षित राखिएको थियो ।

जुन ३, २०१३ मा २५ वर्षीय अमेरिकी नागरिक जियाको शव उनको जुहुको घरबाट शङ्कास्पद अवस्थामा भेटिएको थियो । त्यहाँ उनी आफ्नी आमासँग बस्दै आएकी थिइन् । 

त्यसपछि मुम्बई पुलिसले जिया खानलाई कूपर अस्पतालमा मृत अवस्थामा ल्याइएको जानकारी दिएको थियो । 

जियाले यस मामिलामा ६ पृष्ठको चिठी लेखेकी थिइन्, जसको आधारमा प्रहरीले सुरजलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

मुम्बई प्रहरीले बरामद गरेको चिठी जिया खानले लेखेको सीबीआईले जनाएको छ ।

सन् २०२१ मा, सत्र अदालतले मुद्दाको अनुसन्धान सीबीआईले गरेका कारण यो मामिला आफ्नो न्यायिक क्षेत्रबाट बाहिर भएको बताएको थियो । त्यसपछि यो मुद्दा विशेष सीबीआई अदालतलाई सुम्पिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान