२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युरोपेली सङ्घ (ईयू)को शरणसम्बन्धी निर्णयमा ४० प्रतिशतले वृद्धि

२०८०, १६ बैशाख शनिबार १२:१०

बैशाख १६, ब्रसेल्स | सन् २०२२ मा युरोपेली सङ्घ (ईयू) का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् । यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो । 

ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका तीन लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा, ३१ प्रतिशतले सहायक सुरक्षा र २५ प्रतिशतले मानवीय सुरक्षा पाएका छन् ।

सन् २०२१ को तुलनामा शरणार्थीको सङ्ख्यामा २२ प्रतिशत, सहायक सुरक्षामा ४८ प्रतिशत र मानवीय सुरक्षामा ७२ प्रतिशतले वृद्धि भएको छ । 

यसमा सबैभन्दा बढी योगदान जर्मनीको रहेको छ । जर्मनीले ईयूको कूल योगदानको ४१ प्रतिशत अर्थात् एक लाख ५९ हजार ३६५ जनालाई सेवा पु¥्याएको छ । 

त्यसैगरी, फ्रान्सले ४९ हजार ९९० अर्थात् १३ प्रतिशत, इटालीले ३९ हजार ६६० अर्थात् १० प्रतिशत र स्पेनले ३५ हजार ७६५ अर्थात् नौ प्रतिशत व्यक्तिलाई सुरक्षाको दर्जा दिइएको थियो । यी चार देशले संयुक्त रूपमा ईयू स्तरमा ७३ प्रतिशत सुरक्षा अनुरोधहरूलाई सेवा प्रदान गरे ।

सन् २०२२ मा युरोपेली सङ्घमा सुरक्षा प्राप्त गर्ने सबैभन्दा ठूलो समूह सिरियालीहरू थिए भने दोस्रो धेरै अफगानी थिए । ईयूमा सुरक्षा दर्जा प्राप्त गर्ने कूल सङ्ख्याको २९ प्रतिशत सिरियालीहरू रहेका थिए भने २३ प्रतिशत अफगानी र छ प्रतिशत भेनेजुयलाका नागरिक थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन