४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

२० बैशाख २०८०, बुधबार ०६:२४

बैशाख २०, संयुक्त राष्ट्रसङ्घ | संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 

मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन् । अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए । 

तेस्रो विजेता नरगेस मोहम्मदी हुन् । इरानमा लामो समयदेखि काम गरेकी उनी प्रेस स्वतन्त्रता र मानवअधिकारकार रक्षाका खातिर वर्षौँदेखि अग्रमोर्चामा रहेर काम गरेकी अग्रणी पत्रकार हुन् । पुरस्कृत पत्रकारहरू कारागारमा छन् । उनीहरूलाई अमेरिकासँग मिलेर काम गरेको तथा इरानको राष्ट्रिय सुरक्षा प्रतिकूल गतिविधि गरेको अभियोग लगाइएको छ । 

युनेस्कोका महानिर्देशक अड्रे अजौलेले आक्रमण, धम्की र असुरक्षाका बीच पेशाप्रति प्रतिबद्ध भएर लागेका महिला पत्रकारहरू पुरस्कृत भएका बताउँदै उनीहरूलाई इरान सरकारले कारगारमुक्त नगरेसम्म विश्वभरका पत्रकार एवम् स्वतन्त्रतापक्षधरहरूले उनीहरूका पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन ९युनेस्को० विश्व प्रेस स्वतन्त्रता पुरस्कार सन् १९८६ को डिसेम्बर १७ मा हत्या गरिएका कोलम्बियाली पत्रकार गुईलेर्मो कानोको नाममा स्थापना गरिएको हो । पत्रकार गुइलेर्मो आफ्नो पत्रिका एल एस्पेक्टाडोरको कार्यालय अगाडि मारिएका थिए । सन् १९८७ देखि हरेक वर्ष मे ३ मा विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता