२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

२०८०, २० बैशाख बुधबार ०६:२४

बैशाख २०, संयुक्त राष्ट्रसङ्घ | संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 

मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन् । अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए । 

तेस्रो विजेता नरगेस मोहम्मदी हुन् । इरानमा लामो समयदेखि काम गरेकी उनी प्रेस स्वतन्त्रता र मानवअधिकारकार रक्षाका खातिर वर्षौँदेखि अग्रमोर्चामा रहेर काम गरेकी अग्रणी पत्रकार हुन् । पुरस्कृत पत्रकारहरू कारागारमा छन् । उनीहरूलाई अमेरिकासँग मिलेर काम गरेको तथा इरानको राष्ट्रिय सुरक्षा प्रतिकूल गतिविधि गरेको अभियोग लगाइएको छ । 

युनेस्कोका महानिर्देशक अड्रे अजौलेले आक्रमण, धम्की र असुरक्षाका बीच पेशाप्रति प्रतिबद्ध भएर लागेका महिला पत्रकारहरू पुरस्कृत भएका बताउँदै उनीहरूलाई इरान सरकारले कारगारमुक्त नगरेसम्म विश्वभरका पत्रकार एवम् स्वतन्त्रतापक्षधरहरूले उनीहरूका पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन ९युनेस्को० विश्व प्रेस स्वतन्त्रता पुरस्कार सन् १९८६ को डिसेम्बर १७ मा हत्या गरिएका कोलम्बियाली पत्रकार गुईलेर्मो कानोको नाममा स्थापना गरिएको हो । पत्रकार गुइलेर्मो आफ्नो पत्रिका एल एस्पेक्टाडोरको कार्यालय अगाडि मारिएका थिए । सन् १९८७ देखि हरेक वर्ष मे ३ मा विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन