३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदी क्लबबाट मेस्सीलाई ३२ करोड पाउण्डको लोभलाग्दो प्रस्ताव

२१ बैशाख २०८०, बिहीबार १०:५९

एजेन्सी | अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध चिसिएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् ।

यसैक्रममा साउदी अरबियाले पनि मेस्सीमाथि आँखा लगाएको छ । टेलिग्राफ स्पोर्टसका अनुसार, साउदी सरकारले आफ्नो देशको ब्यवसायीक क्लबमा मेस्सीलाई आबद्ध गर्न ३२ करोड पाउण्ड वार्षीक पारिश्रमिकको प्रस्ताव गरेको छ । नेपाली रुपैयाँमा यो रकम करिब ५२ अर्ब ४१ करोड रुपैयाँ हुन आउँछ ।  विश्व क्लब फुटबलको इतिहासमा साउदी अरबियाले मेस्सीलाई प्रस्ताव गरेको पारिश्रमिक अत्यन्तै लोभलाग्दो हो । साउदीको प्रस्ताव आकर्षक भएकाले मेस्सी पनि त्यसमा सहमत हुने अनुमान गरिएको छ । उक्त प्रस्तावले मूर्त रुप लिएमा मेस्सी यही समरमा साउदी क्लबमा आबद्ध हुनेछन् ।


चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि साउदीकै क्लबबाट ब्यवसायीक फुटबल खेल्छन् । यस विषयमा मेस्सीका पिताले साउदीको प्रतिनिधिसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । पीएसजीसँग मेस्सीको सम्झौता आगामी जुनको अन्त्यमा सकिँदै छ । साउदीले मेस्सीलाई प्रस्ताव गरेको वार्षिक पारिश्रमिक रोनाल्डोलाई साउदी क्लब अल नसरले दिएको भन्दा १६ करोड ५० लाख पाउण्ड बढी हो । रोनाल्डोले गत डिसेम्बरमा सन् २०२५ सम्मका लागि साउदी क्लब अल नसरसँग सम्झौता गरेका छन् ।

पछिल्लो समय साउदीले आफ्नो घरेलु लिगमा विश्वका चर्चित खेलाडीहरूलाई ठुलो पारिश्रमिक दिएर भित्राउने नीति लिएको छ । बार्सिलोनाका पूर्वखेलाडी मेस्सीलाई थप एक वर्ष पीएसजीमै राख्न पनि प्रयास भइरहेको दाबी टेलिग्राफ स्पोर्टसले गरेको छ । तर, साउदीको प्रस्ताव निकै आकर्षक भएकाले मेस्सी एसियातर्फ नै लाग्ने दाबी समाचारमा गरिएको छ । रोनाल्डोको क्लब अल नसर हाल साउदीको ब्यवसायीक लिग तालिकामा दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने अल इत्तिहाद क्लब रहेको छ । अल नसर क्लबको चिर प्रतिद्वन्द्वी क्लब भने अल हिलाल हो । त्यसैले पनि अल हिलालले नै मेस्सीलाई भित्राउन खोजेको अनुमान गरिएको छ ।

यद्दपि, मेस्सीलाई कुन क्लबले भित्र्याउन लागेको हो भन्ने विषयमा स्पष्ट रूपमा केही खुलाइएको छैन । अल नसर र अल हिलालबीचको सम्बन्ध स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडको जस्तै छ । कुनै समय मेस्सी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडबाट ब्यवसायीक फुटबल खेल्थे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट