४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पीएसजीमा अनिश्चित मेसीको भविष्य: अबको यात्रा बार्सिलोना, साउदी अरबिया कि मियामी ?

२२ बैशाख २०८०, शुक्रबार ०९:३३

बैशाख २२, काठमाडौँ | लियोनल मेसीले यो सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने भएका छन् । पीएसजीले दुई हप्ताका लागि निलम्बन गरेको भोलिपल्ट नै स्टार अर्जेन्टिनी फरवार्ड मेसी क्लबमा रहने कि नरहने भन्ने आशंका गरिएको थियो ।

तर, उनका बुवा जर्जले केही महिनाअघि पीएसजीलाई मेसीले यो सिजनको अन्त्यमा पीएसजी छोड्न चाहेको बताएका थिए । त्यसैले पनि उनले यो सिजनको अन्त्यमा पीएसजी छोड्ने पक्का जस्तै छ ।

बार्सिलोनाले पनि मेसीलाई पुनः टीममा भित्र्याउन चाहिरहेको छ । तर, बार्सिलोनासँगको अर्थिक मन्दीका कारण उनी त्यतै फर्किन असम्भव जस्तै छ ।


बार्सिलोनाले क्लबमा रहेका गाभी, रोनाल्ड अरौजो, अलेजान्ड्रो ब्लादे, मार्कोस अलोन्सो र सेर्जि रोबर्टोसँग नयाँ सम्झौता गर्न बाँकी छ । बार्सिलोनाको आर्थिक स्थितिका कारण यी खेलाडीहरुलाई लालिगाको तलब नियमका अनुसार सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ ।

उनलाई अरु क्लबहरुले महँगो मूल्यमा भित्र्याउन चाहेका छन् । साउदी अरबियन क्लब अल हिलालले मेसीलाई वार्षिक ३५० मिलियन यूरो प्रस्ताव गरेको छ । बाँकी एक वर्ष पीएसजीमा रहने सम्भावना रहँदा विश्वमा ५८औं स्थानमा रहेको साउदी प्रो-लिग खेल्न जानु उनको लागि उत्कृष्ट विकल्प पक्कै होइन ।

मेसी सन् २०२४ मा अमेरिकामा आयोजना हुने कोपा अमेरिकासम्म यूरोपमै बस्न चाहन्छन् । उनको त्यो सोच अहिले परिवर्तन भएको हुन पनि सक्छ ।

यस्तै डेबिट बेकहामको इन्टर मियामी क्लबमा पनि मेसीलाई भित्र्याउने कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उठाइरहेका छन् ।

सउदी अरबियाको पर्यटन दूत रहेका मेसी क्लबको अनुमति नलिई दुई दिन साउदी भ्रमणमा गएका थिए । त्यसैले पीएसजीले उनलाई दुई हप्ताका लागि निलम्बन गरेको छ । यो दुई हप्तामा उनले तलब पनि पाउनेछैनन् र टीमसँग प्रशिक्षण गर्न पनि पाउने छैनन् ।

करिब दुई महिनाको अन्योल र बहसपछि मेसीको पीएसजीसँगको सम्झौता यही जुनमा सकिने पक्का छ । उनी सन् २०२१ मा २ वर्षको सम्झौता गर्दै बार्सिलोनाबाट पीएसजी भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता