१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इमरानको जमानत सुनुवाइ स्थगित, विरोध प्रदर्शन बढेसँगै अदालतबाट निस्किए न्यायाधीश

२९ बैशाख २०८०, शुक्रबार ०९:४०

वैशाख २९, इस्लामावाद | पाकिस्तानको इस्लामावाद उच्च अदालतमा अल-कादिर ट्रस्ट मुद्दामा इमरान खानको जमानतको सुनुवाइ स्थगित भएको छ । कडा सुरक्षा प्रवन्धसहित इमरान खानलाई उच्च अदालत पुर्‍याइँदा अदालत बाहिर इमरानका हजारौं समर्थकले उनको पक्षमा नाराबाजी तथा पक्राउविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टअनुसार नाराबाजी र विरोध प्रदर्शनकै बीचमा इमरानको जमानत सुनुवाइ सुरु भएको थियो । सुनुवाइ सुरु भएसँगै न्यायाधीशले शान्ति कायम राख्न अपिलसमेत गरे । तर, यसो हुन नसक्दा सुरु भएको केही क्षणमै सुनुवाइ शुक्रबार दिउँसोसम्मको लागि स्थगित भएको छ ।

यता पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यस मामिलामा पीटीआई प्रमुख इमरानलाई गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै तुरन्त रिहा गर्न आदेशसमेत दिएको थियो । बीबीसीअनुसार सर्वोच्चले इमरान खानलाई इस्लामावाद हाईकोर्टमा जान भनेको थियो र उसले जे निर्णय गर्छ त्यो स्वीकार गर्नुपर्ने जनाएको थियो ।

सर्वोच्च अदालतबाट रिहा भएपछि पूर्वप्रधानमन्त्रीलाई प्रहरी लाइनको गेस्ट हाउसमा लगिएको थियो । सर्वोच्चले खानको घर जाने अपील अस्वीकार गर्दै उनी पुलिस लाइनमा बस्नुपर्ने बताएको थियो । तर, यस अवधिमा उनलाई कैदी जस्तो व्यवहार नगरिने र उनका १० समर्थकलाई पनि इमरानसँग बस्न अनुमति दिएको जनाइएको छ ।

उच्च अदालतमा सुनुवाइपछि इमरानले इस्लामावादको श्रीनगर राजमार्गबाट ​​जनतालाई सम्बोधन गर्ने रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल