२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इमरानको जमानत सुनुवाइ स्थगित, विरोध प्रदर्शन बढेसँगै अदालतबाट निस्किए न्यायाधीश

२०८०, २९ बैशाख शुक्रबार ०९:४०

वैशाख २९, इस्लामावाद | पाकिस्तानको इस्लामावाद उच्च अदालतमा अल-कादिर ट्रस्ट मुद्दामा इमरान खानको जमानतको सुनुवाइ स्थगित भएको छ । कडा सुरक्षा प्रवन्धसहित इमरान खानलाई उच्च अदालत पुर्‍याइँदा अदालत बाहिर इमरानका हजारौं समर्थकले उनको पक्षमा नाराबाजी तथा पक्राउविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टअनुसार नाराबाजी र विरोध प्रदर्शनकै बीचमा इमरानको जमानत सुनुवाइ सुरु भएको थियो । सुनुवाइ सुरु भएसँगै न्यायाधीशले शान्ति कायम राख्न अपिलसमेत गरे । तर, यसो हुन नसक्दा सुरु भएको केही क्षणमै सुनुवाइ शुक्रबार दिउँसोसम्मको लागि स्थगित भएको छ ।

यता पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यस मामिलामा पीटीआई प्रमुख इमरानलाई गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै तुरन्त रिहा गर्न आदेशसमेत दिएको थियो । बीबीसीअनुसार सर्वोच्चले इमरान खानलाई इस्लामावाद हाईकोर्टमा जान भनेको थियो र उसले जे निर्णय गर्छ त्यो स्वीकार गर्नुपर्ने जनाएको थियो ।

सर्वोच्च अदालतबाट रिहा भएपछि पूर्वप्रधानमन्त्रीलाई प्रहरी लाइनको गेस्ट हाउसमा लगिएको थियो । सर्वोच्चले खानको घर जाने अपील अस्वीकार गर्दै उनी पुलिस लाइनमा बस्नुपर्ने बताएको थियो । तर, यस अवधिमा उनलाई कैदी जस्तो व्यवहार नगरिने र उनका १० समर्थकलाई पनि इमरानसँग बस्न अनुमति दिएको जनाइएको छ ।

उच्च अदालतमा सुनुवाइपछि इमरानले इस्लामावादको श्रीनगर राजमार्गबाट ​​जनतालाई सम्बोधन गर्ने रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान