४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराए, २० वर्षको कैद सजाय हुन सक्ने (भिडियो)

३१ बैशाख २०८०, आईतवार ०९:४५

एजेन्सी | अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् । 

स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आरोपमा २० वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ । 

क्लिक र भ्युजका लागि जेकबले विमान दुर्घटनाको प्य्रांक गराएका थिए तर विमान साँच्चिकै दुर्घटनाग्रस्त भयो । उनी क्यालिफोर्नियाको लोम्पक सिटी विमानस्थलबाट एक्लै प्लेन चलाएर म्यामथ लेक्स पुग्न खोजेका थिए । तर उडेको ३५ मिनेटमा उनले विमानमा प्राविधक गडबडी आएको भन्दै विमानबाट हाम्फालेका थिए । यस क्षणलाई उनको गोप्रो क्यामराले कैद गरेको थियो ।  प्याराशुटका साथ जेकब सुरक्षित रूपमा भुइँमा झरेका थिए भने विमान चाहिँ लोस पाद्रेस राष्ट्रिय वनमा दुर्घटनाग्रस्त भएको थियो । 

उनको यस स्टन्टलाई उड्डयनविद् तथा संघीय निकायहरूले निगरानी गरिरहेका थिए । उनीहरूले जेकबको भिडियोलाई मसिनो गरी विश्लेषण गर्दा कैयौं कुरा नमिलेको पाए । त्यसपछि राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले अनुसन्धान शुरू गरे । 

जेकबले दुर्घटनाग्रस्त भएको विमानका टुक्राटाक्रीलाई लोम्पक सिटी विमानस्थलमा लुकाएर पछि नष्ट गरेका थिए । यसरी उनले प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै संघीय निकायले उनीमाथि गम्भीर मुद्दा चलाउने भएको छ । उनलाई २० वर्षको कैद सजाय दिइने सम्भावना छ । यत्तिका दुःख गरेर भिडियो बनाए पनि त्यसले ३९ लाख भ्युज मात्र पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता