२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराए, २० वर्षको कैद सजाय हुन सक्ने (भिडियो)

२०८०, ३१ बैशाख आईतवार ०९:४५

एजेन्सी | अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् । 

स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आरोपमा २० वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ । 

क्लिक र भ्युजका लागि जेकबले विमान दुर्घटनाको प्य्रांक गराएका थिए तर विमान साँच्चिकै दुर्घटनाग्रस्त भयो । उनी क्यालिफोर्नियाको लोम्पक सिटी विमानस्थलबाट एक्लै प्लेन चलाएर म्यामथ लेक्स पुग्न खोजेका थिए । तर उडेको ३५ मिनेटमा उनले विमानमा प्राविधक गडबडी आएको भन्दै विमानबाट हाम्फालेका थिए । यस क्षणलाई उनको गोप्रो क्यामराले कैद गरेको थियो ।  प्याराशुटका साथ जेकब सुरक्षित रूपमा भुइँमा झरेका थिए भने विमान चाहिँ लोस पाद्रेस राष्ट्रिय वनमा दुर्घटनाग्रस्त भएको थियो । 

उनको यस स्टन्टलाई उड्डयनविद् तथा संघीय निकायहरूले निगरानी गरिरहेका थिए । उनीहरूले जेकबको भिडियोलाई मसिनो गरी विश्लेषण गर्दा कैयौं कुरा नमिलेको पाए । त्यसपछि राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले अनुसन्धान शुरू गरे । 

जेकबले दुर्घटनाग्रस्त भएको विमानका टुक्राटाक्रीलाई लोम्पक सिटी विमानस्थलमा लुकाएर पछि नष्ट गरेका थिए । यसरी उनले प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै संघीय निकायले उनीमाथि गम्भीर मुद्दा चलाउने भएको छ । उनलाई २० वर्षको कैद सजाय दिइने सम्भावना छ । यत्तिका दुःख गरेर भिडियो बनाए पनि त्यसले ३९ लाख भ्युज मात्र पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान