३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आकाशमा उडिरहेको विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएपछि..

२६ चैत्र २०८०, सोमबार ०८:५०

चैत २६, न्यूयोर्क । आकाशमा उडिरहेको समयमा साउथवेष्ट एयरलाइन्सको विमानको इन्जिन कभर खसेको छ । आइतबार ह्यूष्टनतर्फ गइरहेको बोइङ ७३७–८०० विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएको थियो । यो घटनापछि विमानलाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित रूपमा अवतरण गरिएको अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले बताएको छ ।


यस मामिलामा एफएएले छानबिन गर्ने भएको छ । रेकर्डेड एयर ट्राफिक कन्ट्रोल अडियोमा एक जना पाइलटले कयौँ यात्री र फ्लाइट अटेन्डेन्टहरूले पङ्खामा केही वस्तुले हिर्काइरहेको चर्को आवाज सुनेको बताएका थिए । यो घटनापछि यात्रीहरू अर्को विमानमा चढेर ह्युष्टन फर्किए । उनीहरूको उडान निर्धारित समयभन्दा तीन घण्टा ढिला भएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । कम्पनीले यस घटनाका लागि सबै यात्रीहरूसँग माफी मागेको थियो ।

एयरलाइन्सको मर्मत सम्भार टोलीले विमानको चेकजाँच गर्ने बताइएको छ । विमान डेनभर विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ७ः४९ बजे उडेको थियो । विमान फर्किदा बिहानको ८ः१५ भएको थियो । यो घटना भएको समयमा विमान १० हजार फिटको उचाइमा थियो । सन् २०१५ को मेमा विमान चलाउन लायक भएको एफएएको रेकर्डले देखाएको छ । यस विषयमा बोइङले कुनै पनि प्रतिक्रिया दिन मानेन । हालैका महिनाहरूमा बोइङका विमानमा अनेकौँ मेकानिक समस्या देखिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’