२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री

२०८०, २८ चैत्र बुधबार ०३:०८

चैत २८, लन्डन | आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ ।

लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन । 

केही स्वतन्त्र सांसदका साथै उनका गठबन्धन साझेदारहरू फियाना फेल र ग्रीन पार्टीबाट समर्थन प्राप्त गरेपछि ह्यारिसले ८८ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा चयन भएका हुन । उनको बिपक्षमा ६९ जना मात्रै उभिए पछि उनी समर्थक संसद सदस्यहरू हर्षोल्लासमा उत्रिएका थिए ।

३७ वर्षीय पूर्व स्वास्थ्य र उच्च शिक्षा मन्त्री मुख्यतः कोविड महामारीमा आयरल्याण्डको प्रारम्भिक प्रतिक्रियालाई सहयोग पुर्‍याउन मद्दत गर्नका लागि परिचित र लोकप्रिय रहेका छन् । गत महिना वराडकरको राजिनामा पछि फाइन गेल पार्टीको नयाँ नेताको रूपमा निर्विरोध निर्वाचित भएका थिए।

‘म प्रधानमन्त्रीको रूपमा सेवा गर्न यो नामांकन स्वीकार गर्दछु,’ ह्यारिसले भने, ‘तपाइहरूले ममाथि राखेको विश्वासको सम्मान गर्न म सक्दो गर्न प्रतिबद्ध छु,’ प्रधानमन्त्री निर्वाचित भए पछि उनले भने । 

आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने आफ्नो नयाँ सरकारको गठबन्धन साझेदारहरूलाई स्वीकार गर्दै ह्यारिसले भने कि उनी एकता र सहयोग र पारस्परिक सम्मानको भावनामा नेतृत्व गर्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी