३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

२८ चैत्र २०८०, बुधबार ११:०७

चैत २८,  काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् ।

इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो बताएका हुन् । इरानको सरकारी टिभीका अनुसार खामेनीले अप्रिल १ मा वाणिज्य दूतावासमा हमला गरेर इजरायलले गल्ती गरेको बताएका छन् ।


खामेनीले भने, 'सिरियाको वाणिज्य दूतावासमा हमला गर्नु ठूलो गल्ती हो। कुनै पनि देशमा रहेको दूतावासलाई त्यो देशको हिस्सा मानिन्छ। हाम्रो भूमिमा आक्रमण भएको छ ।'

इजरायलको आक्रमणमा इरानको रिभोलुसनरी गार्डका दुई शीर्ष कमाण्डर र पाँच अधिकारीको मृत्यु भएको थियो । इरानका शीर्ष कमाण्डर र उनका सहायक एक मिसनमा सिरिया गएका थिए, त्यही क्रममा हमला भएको थियो ।

इजरायलले अक्टोबर ७ देखि हमास विरुद्ध युद्ध गरिरहेको छ । इजरायलले गरेको यो युद्धमा ३३ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् ।

युद्ध चलिरहेको बेलादेखि, लेबनानको सीमा नजिकै उत्तरी इजरायलमा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच लगभग दैनिक गोलीबारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’