३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल माथी हमला गरेकोमा इरानी संसदमा उत्सब

३ बैशाख २०८१, सोमबार ०३:२४

बैशाख ३, तेहरान | हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । 

इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्द सुरू भएको हो । 

यति मात्र होइन, इरानले इजरायल माथी आक्रमण गरे पछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो भने देशैंभरीका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्बजनिक भएका छन् ।

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो । यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर,  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आक्रमणलाई रोकिएको बताएका छन् । इजरायलले लेबनानमा हमला गरेर हिजबुल्लाहसँग जोडिएको संगठनका आधारहरू ध्वस्त गरेको दाबी गरेको छ । 

यी सबै घटनाका बीचमा इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीको पहिलो प्रतिक्रिया आएको छ । उनले यो अपरेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन । उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन् ।

इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीले भने, ‘अपरेसन (इजरायलमा हवाई हमला) सफलतापूर्वक सम्पन्न भयो। इरानले यो कारबाही पूरा भएको ठान्दछ र यसलाई अझै जारी राख्न चाहँदैन। यद्यपि, यदि इजरायलले जवाफमा केही गर्छ भने हाम्रो अर्को अपरेशन यो भन्दा धेरै ठूलो र व्यापक हुनेछ।’

इजरायलमा भएको हवाई हमलापछि इरानको संसदमा उत्सव मनाइएको थियो । यससँगै इजरायललाई चेतावनी पनि दिइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार संसदका सभामुख (मजलिस) ले इजरायल वा यसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’