२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा लगायो नयाँ प्रतिबन्ध

२९ भाद्र २०८१, शनिबार ०८:५५

भदौ २९, काठमाडौँ । अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई 'रुसी गुप्तचर प्रणालीको हिस्सा' भनेर वर्णन गरेका छन् ।

आरटी रूसी समर्थित मिडिया आउटलेटहरूको नेटवर्कको हिस्सा हो, जसले गोप्य रूपमा संयुक्त राज्यमा लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको छ, अमेरिकाले प्रतिबन्ध लगाउदै भनेको छ । रूसी सरकारले साइबर सञ्चालन क्षमताहरू र रूसी गुप्तचरहरूसँग काम गर्ने एकाइलाई आरटी भित्र समावेश गरेको अमेरिकाको आरोप छ ।

आरटीले सोशल मिडिया प्लेटफर्म एक्समा एन्टोनी ब्लिन्केनको टिप्पणीलाई लाइभ स्ट्रिम गरेको थियो र यसलाई अमेरिकाको पछिल्लो षड्यन्त्र भनेको थियो ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसमाथि प्रतिबन्ध लगाउने विशेषज्ञ बन्न अमेरिकाले ‘नयाँ काम’ गर्नुपर्ने बताएकी छन् । आरटीका कर्मचारी र यसको सम्पादक-इन-चीफ मार्गरिटा सिमोनियनलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा गत हप्ता प्रतिबन्ध लगाइएको थियो ।

यूएस स्टेट डिपार्टमेन्टले आरटी (पहिले रूस टुडे) लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा "सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद" मा संलग्न भएको आरोप लगाए ।

एन्टोनी ब्लिन्केनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि बडी आर्मर, स्नाइपर राइफल, ड्रोन र अन्य उपकरणहरू किन्नको लागि आरटीलाई अनलाइन फन्डरेजर चलाएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव