२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

३० भाद्र २०८१, आईतवार ०३:२९

भदौ ३०, काठमाडौँ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।

आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।

यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, 'आमविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र महत्त्वपूर्ण ऊर्जा स्रोतमा परिणत गर्ने सम्भावना छ ।' आइन्स्टाइनले चेतावनी दिएका थिए, 'यो ऊर्जा धेरै शक्तिशाली विस्फोटक बनाउन प्रयोग गर्न सकिन्छ ।' सोही पत्रमा आइन्स्टाइनले अमेरिकी सरकारलाई न्यूक्लियर फ्युजनको बारेमा अनुसन्धान गरेर परमाणु बम बनाउन पनि सुझाव दिएका थिए ।

आइन्स्टाइनको पत्र लिलामी गर्ने कम्पनी क्रिस्टीजसँग सम्बन्धित वरिष्ठ विज्ञ पीटर क्लार्नेटले यो पत्रलाई 'विश्वको इतिहासको सबैभन्दा प्रभावशाली पत्रमध्ये एक' भनेका छन् । आइन्स्टाइनले यो पत्र सन् १९३९ को गर्मीमा लेखेका थिए । २००२ मा, माइक्रोसफ्ट सह-संस्थापक पॉल एलेनले २.१ मिलियन डलरमा एक संग्रह किनेका थिए, आइन्स्टाइनको यो पत्र पनि त्यही सङ्ग्रहको अंश थियो । पहिले यो पेपर प्रकाशक माल्कम फोर्ब्ससँग थियो, जुन माल्कम फोर्ब्सले हंगेरीका भौतिकशास्त्री लियो जिलार्डबाट किनेका थिए ।

मिडिया रिपोर्टका अनुसार जिलार्डले यो पत्र लेखेका थिए, जसमा अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेका थिए । तर, जब जर्मनीले आत्मसमर्पण गर्‍यो, आइन्स्टाइनले आणविक हतियारको प्रयोग ठीक नभएको महसुस गरे । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकी र हिरोशिमामा आणविक हतियार प्रयोग गरेको थियो जसमा दुई लाखभन्दा बढी मानिस मारिएका थिए । आइन्स्टाइनले यसप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल