२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

२०८१, ३० भाद्र आईतवार ०३:२९

भदौ ३०, काठमाडौँ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।

आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।

यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, 'आमविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र महत्त्वपूर्ण ऊर्जा स्रोतमा परिणत गर्ने सम्भावना छ ।' आइन्स्टाइनले चेतावनी दिएका थिए, 'यो ऊर्जा धेरै शक्तिशाली विस्फोटक बनाउन प्रयोग गर्न सकिन्छ ।' सोही पत्रमा आइन्स्टाइनले अमेरिकी सरकारलाई न्यूक्लियर फ्युजनको बारेमा अनुसन्धान गरेर परमाणु बम बनाउन पनि सुझाव दिएका थिए ।

आइन्स्टाइनको पत्र लिलामी गर्ने कम्पनी क्रिस्टीजसँग सम्बन्धित वरिष्ठ विज्ञ पीटर क्लार्नेटले यो पत्रलाई 'विश्वको इतिहासको सबैभन्दा प्रभावशाली पत्रमध्ये एक' भनेका छन् । आइन्स्टाइनले यो पत्र सन् १९३९ को गर्मीमा लेखेका थिए । २००२ मा, माइक्रोसफ्ट सह-संस्थापक पॉल एलेनले २.१ मिलियन डलरमा एक संग्रह किनेका थिए, आइन्स्टाइनको यो पत्र पनि त्यही सङ्ग्रहको अंश थियो । पहिले यो पेपर प्रकाशक माल्कम फोर्ब्ससँग थियो, जुन माल्कम फोर्ब्सले हंगेरीका भौतिकशास्त्री लियो जिलार्डबाट किनेका थिए ।

मिडिया रिपोर्टका अनुसार जिलार्डले यो पत्र लेखेका थिए, जसमा अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेका थिए । तर, जब जर्मनीले आत्मसमर्पण गर्‍यो, आइन्स्टाइनले आणविक हतियारको प्रयोग ठीक नभएको महसुस गरे । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकी र हिरोशिमामा आणविक हतियार प्रयोग गरेको थियो जसमा दुई लाखभन्दा बढी मानिस मारिएका थिए । आइन्स्टाइनले यसप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण