२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका फुटबलर अल-मुवालादको स्वास्थ्य अवस्था गम्भीर

२०८१, ३१ भाद्र सोमबार ०९:१०

भदौ ३१, काठमाडौँ । आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका साउदी अरेबियाका चर्चित फुटबल खेलाडी फहाद अल-मुवालादको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको बताइएको छ । ३० वर्षीय विंगरको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

गत बिहीबार उनी दुबईस्थित आफ्नै घरको बार्दलीबाट तल खसेका थिए । उनी दुई तलामाथिबाट खसेका थिए । उनी आफ्नो अपार्टमेन्टमा बिदा मनाउने क्रममा बार्दलीबाट खसेको स्थानीय प्रहरीले जनाएको छ ।


उनी अल-शबाबबाट साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । उनी साउदी अरेबियाको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । उनलाई तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

उक्त घटनाको विषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । फुटबलर फहाद अल-मुवालाद बिहीबार आफ्नो घरको दोस्रो तलाको बार्दलीबाट तल खसेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानको नतिजा पछि सार्वजनिक गरिने छ,' प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले सन् २०११ मा शीर्ष डिभिजनको साउदी लिगमा 'डेब्यू' गरेका थिए । सन् २०१८ मा उनले केही समयका लागि ऋणमा स्पेनिस ला लिगा क्लब लेभान्तेबाट पनि खेलेका थिए । उनी सन् २०२२ मा आफ्नो बाल्यकालको क्लब अल- इत्तिहाद छाडेर अल-शबाबमा आबद्ध भएका थिए ।

उनले सन् २०१२ मा साउदी अरेबियाको राष्ट्रिय टोलीमा 'डेब्यू' गरेका थिए । त्यसयता उनले साउदी अरेबियाको राष्ट्रिय टोलीबाट ७८ खेल खेलिसकेका छन् । अहिले सम्पूर्ण फुटबल जगतले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको छ । उनको पूर्वक्लब अल – इत्तिहादका समर्थकहरूले पनि आइतबार अल-बेहदासँगको खेलअघि उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह