१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु

२८ आश्विन २०८१, सोमबार १२:१३

जेरुसेलम – उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना इजरायली सेना मारिनुको साथै ५० भन्दा बढी घाइते भएका छन् । गत अक्टोबरमा युद्ध सुरु भए यता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो।

इजरायली डिफेन्स फोर्स (इडिएफ)ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको सैन्य शिविरमा सो आक्रमण भएको थियो। घटनामा ७ सैनिक भने गम्भीर घाइते भएका छन्।

बिहीबार इजरायलले लेबनानको विभिन्न भागमा गरेको आक्रमणका कारण २२ जनाको ज्यान जानुको साथै ११७ जना घाइते भएका थिए।

आक्रमणपछिको उद्धार । तस्बिरः गेट्टी इमेज

अहिले मध्यपूर्वमा अन्तर्राष्ट्रिय निकायसँग पनि इजरायलको तनाव बढी रहेको छ। युनिफिलका ५ जना घाइते भएपछि लेबनानमा रहेको राष्ट्र सङ्घीय पिस किपिङ कोर्सले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनान छाड्न भनेको हो।

शान्ति मिसनमा ४० देशका सेना कार्यरत छन्। लेबनानमा प्रवेश गरेको दुई वटा ट्याङ्क भने आइतबार साँझ नै इजरायलमा फर्केको छ। इजरायलले हिजबुल्लाहलाई फेरि दक्षिणी लेबनानको गाउँमा आउन नदिने बताएको छ।

यसैबिच आइतबार गाजामा इजरायलले गरेको आक्रमणमा १३ बालबालिकासहित ४१ जनाको ज्यान गएको छ।

गाजाको नेसुरिइत शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको थियो।

आइतबार हिजबुल्लाहका नेता हसन नरसल्लाहको भिडियो सन्देश सार्वजनिक भएको छ। सो सन्देशमा आफ्ना व्यक्ति, परिवार देश, मूल्य र मान्यताका लागि लड्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का