१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…

एयर इन्डियाका सात विमानहरूमा बमको धम्की
३० आश्विन २०८१, बुधबार ११:००

एजेन्सी । तमिलनाडु । भारतको तमिलनाडुस्थित मदुरैबाट सिंगापुर जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमान मंगलबार अचानक सिंगापुरका दुई लडाकु विमानबाट घेरियो ।
मंगलबार सोसल मिडिया प्लेटफर्म एक्सको पोस्टमार्फत एयर इन्डियाका सात विमानहरूमा बमको धम्कीसहितको सन्देश प्राप्त भएको थियो । यसपछि सुरक्षा निकायले विभिन्न विमानस्थलमा तत्कालै आतङ्कवाद विरोधी अभ्यास गर्नुपरेको हो ।

एयर इन्डिया एक्सप्रेसको उडान (उडान नम्बर आईएक्स६८४) मदुरैबाट सिङ्गापुर जाँदै गर्दा लडाकु बिमानमार्फत घेरिएपछि बिमानमा सवार यात्रूहरु आत्तिएका थिए । अन्य विमानहरूसँगै यसमा पनि बमको धम्की आएको थियो । धम्की पाएपछि सिंगापुर वायुसेनाले यस विमानको सुरक्षाका लागि आफ्ना दुईवटा एफ-१५एसजी लडाकु विमानहरू पठाएको थियो ।

सिङ्गापुरको लडाकु विमानले एयर इन्डियाको उडानलाई सघन जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लग्यो । त्यसपछि निर्धारित समयभन्दा एक घण्टा पछि १० बजेर ४ मिनेटमा विमान चाङ्गी विमानस्थलमा अवतरण भयो । अवतरण पछि विमानको चेक-जाँच गरियो । तर दिईएको धम्की अफवाह मात्र रहेको थाहा भयो ।

प्रहरीले राति ८:२५ बजे बमको धम्कीको सूचना पाएको र विमान अवतरणपछि अनुसन्धान पुरा गरेको जनाएको छ । जनतामा जानीजानी त्रास फैलाउनेलाई कारबाही गरिने प्रहरीको भनाई छ ।

फ्लाइट ट्र्याकर फ्लाइटराडारले विमानले अवतरण गर्नु अघि करिब एक घण्टा पूर्वी सिंगापुरमा परिक्रमा गरेको देखाएको छ। घटनाको जानकारी दिँदै सिंगापुरका रक्षामन्त्री एनजी हेनले ट्वीटरमा लेखेका छन्, ‘एयर इन्डिया एक्सप्रेसले सिङ्गापुरका लागि उडेको विमानमा बम रहेको इमेल प्राप्त भएको थियो । यसपछि, हाम्रा दुई लडाकु विमानले विमानलाई जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लगेर सिंगापुर चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गराए । विमान आज राति करिब १०:०४ बजे सकुशल अवतरण भएको थियो ।’

एक दिन अघि मात्र सामाजिक सञ्जालमार्फत मुम्बईबाट प्रस्थान गर्ने तीन अन्तर्राष्ट्रिय उडानहरूमा बमको धम्की दिइएको थियो । त्यसपछि मंगलबार ७ वटा विमानमा बमको धम्की आएको थियो ।
– जी न्यूज

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का