२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…

एयर इन्डियाका सात विमानहरूमा बमको धम्की
२०८१, ३० आश्विन बुधबार ११:००

एजेन्सी । तमिलनाडु । भारतको तमिलनाडुस्थित मदुरैबाट सिंगापुर जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमान मंगलबार अचानक सिंगापुरका दुई लडाकु विमानबाट घेरियो ।
मंगलबार सोसल मिडिया प्लेटफर्म एक्सको पोस्टमार्फत एयर इन्डियाका सात विमानहरूमा बमको धम्कीसहितको सन्देश प्राप्त भएको थियो । यसपछि सुरक्षा निकायले विभिन्न विमानस्थलमा तत्कालै आतङ्कवाद विरोधी अभ्यास गर्नुपरेको हो ।

एयर इन्डिया एक्सप्रेसको उडान (उडान नम्बर आईएक्स६८४) मदुरैबाट सिङ्गापुर जाँदै गर्दा लडाकु बिमानमार्फत घेरिएपछि बिमानमा सवार यात्रूहरु आत्तिएका थिए । अन्य विमानहरूसँगै यसमा पनि बमको धम्की आएको थियो । धम्की पाएपछि सिंगापुर वायुसेनाले यस विमानको सुरक्षाका लागि आफ्ना दुईवटा एफ-१५एसजी लडाकु विमानहरू पठाएको थियो ।

सिङ्गापुरको लडाकु विमानले एयर इन्डियाको उडानलाई सघन जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लग्यो । त्यसपछि निर्धारित समयभन्दा एक घण्टा पछि १० बजेर ४ मिनेटमा विमान चाङ्गी विमानस्थलमा अवतरण भयो । अवतरण पछि विमानको चेक-जाँच गरियो । तर दिईएको धम्की अफवाह मात्र रहेको थाहा भयो ।

प्रहरीले राति ८:२५ बजे बमको धम्कीको सूचना पाएको र विमान अवतरणपछि अनुसन्धान पुरा गरेको जनाएको छ । जनतामा जानीजानी त्रास फैलाउनेलाई कारबाही गरिने प्रहरीको भनाई छ ।

फ्लाइट ट्र्याकर फ्लाइटराडारले विमानले अवतरण गर्नु अघि करिब एक घण्टा पूर्वी सिंगापुरमा परिक्रमा गरेको देखाएको छ। घटनाको जानकारी दिँदै सिंगापुरका रक्षामन्त्री एनजी हेनले ट्वीटरमा लेखेका छन्, ‘एयर इन्डिया एक्सप्रेसले सिङ्गापुरका लागि उडेको विमानमा बम रहेको इमेल प्राप्त भएको थियो । यसपछि, हाम्रा दुई लडाकु विमानले विमानलाई जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लगेर सिंगापुर चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गराए । विमान आज राति करिब १०:०४ बजे सकुशल अवतरण भएको थियो ।’

एक दिन अघि मात्र सामाजिक सञ्जालमार्फत मुम्बईबाट प्रस्थान गर्ने तीन अन्तर्राष्ट्रिय उडानहरूमा बमको धम्की दिइएको थियो । त्यसपछि मंगलबार ७ वटा विमानमा बमको धम्की आएको थियो ।
– जी न्यूज

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार