१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु

५ कार्तिक २०८१, सोमबार १४:२४

कश्मीर | जम्मु कश्मीरको गन्दरबलमा निर्माणाधीन सुरुङ नजिक भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हमलामा एक डाक्टर र छ जना कामदारसहित सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गन्देरबलको सोनमर्ग क्षेत्रको गुन्डमा सुरुङ परियोजनामा ​​काम गरिरहेका मजदुर र अन्य कर्मचारीहरू साँझ अबेर आफ्नो शिविरमा फर्किंदै गर्दा अज्ञात आतङ्ककारीहरूले आक्रमण गरेको समाचारमा उल्लेख छ ।

दुई कामदारको घटनास्थलमै मृत्यु भएको थियो जबकि डाक्टर र अन्य चार कामदारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल हमलामा घाइते भएका पाँच जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।

८ अक्टोबरमा जम्मू–कश्मीर चुनावको नतिजा घोषणा भएको थियो र सरकार गठनपछि पहिलो पटक यस्तो ठूलो चरमपन्थी हमला भएको हो ।
यसअघि १८ अक्टोबरमा जम्मु कश्मीरको शोपियान जिल्लामा अशोक चौहानको शव भेटिएको थियो । उनको शरीरमा गोलीका निशानहरू थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का