२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु

२०८१, ५ कार्तिक सोमबार १४:२४

कश्मीर | जम्मु कश्मीरको गन्दरबलमा निर्माणाधीन सुरुङ नजिक भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हमलामा एक डाक्टर र छ जना कामदारसहित सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गन्देरबलको सोनमर्ग क्षेत्रको गुन्डमा सुरुङ परियोजनामा ​​काम गरिरहेका मजदुर र अन्य कर्मचारीहरू साँझ अबेर आफ्नो शिविरमा फर्किंदै गर्दा अज्ञात आतङ्ककारीहरूले आक्रमण गरेको समाचारमा उल्लेख छ ।

दुई कामदारको घटनास्थलमै मृत्यु भएको थियो जबकि डाक्टर र अन्य चार कामदारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल हमलामा घाइते भएका पाँच जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।

८ अक्टोबरमा जम्मू–कश्मीर चुनावको नतिजा घोषणा भएको थियो र सरकार गठनपछि पहिलो पटक यस्तो ठूलो चरमपन्थी हमला भएको हो ।
यसअघि १८ अक्टोबरमा जम्मु कश्मीरको शोपियान जिल्लामा अशोक चौहानको शव भेटिएको थियो । उनको शरीरमा गोलीका निशानहरू थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह