१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा

७ कार्तिक २०८१, बुधबार ०८:५७

काठमाडौं । एलन मस्क र मुकेश अम्बानी, विश्वका दुई धनी व्यक्तिहरू, भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा गर्न लागेका छन् ।


भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि यो प्रतिस्पर्धा थप चर्किएको हो ।

एलन मस्कले यसअघि लिलामी मोडेलको आलोचना गरेका थिए, जुन मुकेश अम्बानीले समर्थन गरेका थिए । स्याटेलाइट इन्टरनेट सेवा विशेष गरी दुर्गम र ग्रामीण क्षेत्रमा भरपर्दो विकल्प भएकोले भारतमा यसको महत्त्व बढ्दै गएको छ ।

भारतको टेलिकम नियामकले अझै स्पेक्ट्रमको मूल्य घोषणा गरेको छैन, तर २०२५ सम्ममा दुई मिलियन ग्राहक पुग्ने अनुमान गरिएको छ ।

बजारमा मुख्य खेलाडीहरूमा मुकेश अम्बानीको रिलायन्स जियो अग्रपंक्तिमा छ, जसले लक्सेम्बर्ग–आधारित स्याटेलाइट अपरेटर एसईएस एस्त्रासँग साझेदारी गरेको छ ।

एलन मस्कको स्टारलिंकले तिव्र स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्न लो–अर्थ अर्बिट स्याटेलाइटहरू प्रयोग गर्छ भने, एसईएसले मध्यम–अर्थ अर्बिट (ःभ्इ) स्याटेलाइटहरू प्रयोग गर्छ, जुन तुलनात्मक रूपमा सस्तो हुने बताइएको छ ।

एलन मस्कले २०२१ देखि भारतमा सेवा सुरु गर्न चाहेका थिए, तर नियामक अवरोधका कारण ढिलाइ भएको थियो ।

मस्कको स्टारलिंकसँग विश्वभर ४ मिलियन ग्राहकहरू रहेका छन् । भारतमा उनको प्रवेशले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई बल पुग्ने विश्लेषण गरिन्छ ।

यस प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यालाई इन्टरनेटको पहुँच छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का