२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै

९ कार्तिक २०८१, शुक्रबार ०९:२४

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही वर्ष अगाडि, सन् २००८ अगस्टमा पाँच दिने युद्ध सुरु गर्दा जर्जियालीहरूले शत्रुताको सामना गरिसकेका थिए ।

गोरि शहरमा बम आक्रमण गरिएको थियो भने उत्तरतर्फको शिन्दिसीमा भएको भयानक युद्धले रेलवे स्टेशन ध्वस्त पारिएको थियो । यो युद्धको सम्झनासँगै, हाल जर्जियाको विपक्षी दलहरूले शनिबारको चुनावलाई रूस वा युरोप बीचको छनोटको रूपमा चित्रण गरेका छन् ।

उनीहरूको उद्देश्य १२ वर्षदेखि सत्तामा रहेको जर्जियन ड्रीम पार्टीलाई सत्ताबाट हटाउनु हो, जसलाई उनीहरूले रूसको प्रभावमा रहेको आरोप लगाएका छन्। विपक्षी गठबन्धनहरूले देशलाई युरोपियन संघको सदस्य बनाउने अडान लिएका छन् ।

‘हामीले यी सडकहरूमा रूसीहरू देखेका थियौं, गोरिमा विपक्षी गठबन्धनका प्रचार प्रमुख मिन्डिया गोदर्दजिश्विलीले भने ‘यहाँका मानिसहरूले यो सम्झना राखेका छन्, तर वर्तमान सरकारले तिनीहरूको भावनामा खेल्दै सत्तामा टिक्न खोजिरहेको छ।’

तर जर्जियन ड्रीम पार्टीका नेता बिद्जिना इवानिश्विलीले विपक्षीहरूको आरोपलाई अस्वीकार गर्दै पार्टीलाई शान्तिको पक्षधर बताउँदै आएका छन् । उनीहरूले विपक्षीलाई विश्वव्यापी युद्ध पार्टीको समर्थनमा रहेको भन्दै देशलाई फेरि युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।

यो चुनावको महत्त्वपूर्ण पक्ष भनेको जर्जियाका धनी व्यक्ति इवानिश्विलीको उपस्थितिले भएको छ । उनले आफ्नो चुनावी अभियानमा प्रमुख विपक्षी दल युनाइटेड नेशनल मुभमेन्ट लाई प्रतिबन्ध लगाउने प्रतिज्ञा गरेका छन्, जसको पूर्व नेता मिखाइल साकाश्विली अहिले जेलमा छन् ।

साकाश्विलीले सन् २००८ को युद्धको सुरुआत गरेको भन्ने आरोपलाई अस्वीकार गर्ने धेरै छन्, जस्तै शिन्दिसीका ३० वर्षीय मतदाता अलेक्सान्द्रेले यसलाई ूअसंभवू भनेका छन् ।

यहाँका धेरै युवा रोजगारका लागि विदेश गइसकेका छन् र उनी चाहन्छन् कि सरकारले देशको रेलमार्गलाई पुनःजीवित गराओस् र रूसको प्रभावबाट जर्जियाली भूमिको रक्षा गराओस् ।

जर्जियालीहरूको व्यापक समर्थन भने युरोपियन संघमा आवद्ध हुने दिशामा रहेको छ, तर कुन पार्टीले त्यो अवसर दिने हो, त्यो अस्पष्ट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै