२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण

१० कार्तिक २०८१, शनिबार ११:५४

काठमाडौं । इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको छ ।

इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ । राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो आक्रमण लगभग २६ दिनअघि इरानले इजरायलका शहरहरूमा १८१ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इजरायलले प्रतिशोधस्वरूप गरेको हो । प्रारम्भिक

आक्रमणपछि एक घण्टामा दोस्रो लहरको क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ । जसमा मध्य सहर शिराजमा विस्फोट भएको बताइएको छ ।

जेरुसेलम पोस्टको रिपोर्ट अनुसार इजरायलले गाजामा रहेको बुरेज शरणार्थी शिविरमा पनि आक्रमण गरेको छ ।

आइडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले भने, ‘राज्य इजरायलमाथि इरानबाट निरन्तर आक्रमण भइरहेकोले प्रतिकार स्वरूप इजरायलले इरानका सैन्य ठेगानामा शुद्धता र लक्ष्यवद्ध आक्रमण गरिरहेको छ ।

अरू सार्वभौम देशजस्तै, इजरायलको अधिकार र कर्तव्य छ कि आफ्ना नागरिक र राष्ट्रको रक्षाका लागि आवश्यक कदम चाल्न सकियोस् ।’

यस आक्रमणले पश्चिमी देशहरूमा मध्यपूर्वको तनाव सम्पूर्ण युद्धमा बदलिने आशंका पनि बढाएको छ ।

हालसम्म इरानका अधिकारीहरूले आक्रमणबारे पुष्टि गरेका छैनन् । इरानको नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आफ्नो हवाई मार्ग शनिबार बिहान ९ बजे (स्थानीय समय) सम्मका लागि बन्द गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै