१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण

१० कार्तिक २०८१, शनिबार ११:५४

काठमाडौं । इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको छ ।

इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ । राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो आक्रमण लगभग २६ दिनअघि इरानले इजरायलका शहरहरूमा १८१ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इजरायलले प्रतिशोधस्वरूप गरेको हो । प्रारम्भिक

आक्रमणपछि एक घण्टामा दोस्रो लहरको क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ । जसमा मध्य सहर शिराजमा विस्फोट भएको बताइएको छ ।

जेरुसेलम पोस्टको रिपोर्ट अनुसार इजरायलले गाजामा रहेको बुरेज शरणार्थी शिविरमा पनि आक्रमण गरेको छ ।

आइडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले भने, ‘राज्य इजरायलमाथि इरानबाट निरन्तर आक्रमण भइरहेकोले प्रतिकार स्वरूप इजरायलले इरानका सैन्य ठेगानामा शुद्धता र लक्ष्यवद्ध आक्रमण गरिरहेको छ ।

अरू सार्वभौम देशजस्तै, इजरायलको अधिकार र कर्तव्य छ कि आफ्ना नागरिक र राष्ट्रको रक्षाका लागि आवश्यक कदम चाल्न सकियोस् ।’

यस आक्रमणले पश्चिमी देशहरूमा मध्यपूर्वको तनाव सम्पूर्ण युद्धमा बदलिने आशंका पनि बढाएको छ ।

हालसम्म इरानका अधिकारीहरूले आक्रमणबारे पुष्टि गरेका छैनन् । इरानको नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आफ्नो हवाई मार्ग शनिबार बिहान ९ बजे (स्थानीय समय) सम्मका लागि बन्द गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का