१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत

११ कार्तिक २०८१, आईतवार ०९:१०

काठमाडौं । जर्जियामा संसद निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारूढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर पश्चिम–समर्थक विपक्षी पार्टीहरूको एक संयुक्त गठबन्धनले पनि आफ्नो विजय दावी गरेको छ ।

करीब ४० लाख जनसंख्या भएको यो देशमा यस निर्वाचनलाई युरोपियन युनियन (इयु) सदस्यता प्राप्तिको महत्वपूर्ण क्षणको रूपमा हेरिएको छ ।

सन् २०१२ देखि जीडी पार्टी सत्तामा रहँदै देशलाई पश्चिमबाट टाढा र रुसको नजिक ल्याउन प्रयासरत छ । यसैले यो निर्वाचनलाई रुस की युरोपको यात्राको जनमत संग्रहको रुपमा ब्याख्या गरिएको छ ।

जीडीका संस्थापक बिदिजना इभानिशविलिले मतदान समाप्तिपछि विजयी भएको दावी गर्दै भने, ‘जर्जियाली जनताको मतको कदर गर्दै अघि बढ्छौं’

जीडीले बहुमत हासिल गरेमा जर्जियाको इयुको सदस्यताको सम्भावनालाई धेरै हदसम्म रोक्नेछ । अहिलेको सत्तारुढलाई फालेर विपक्षीहरु मिलेर सरकार बनाउनले र इयुमा समावेश हुने एजेन्डाका साथ चुनावी मैदानमा गएका थिए ।

मास्को र ब्रसेल्स दुवैले यस निर्वाचनलाई नजिकबाट हेरिरहेका छन्, किनभने इयुले यो नतिजालाई जर्जियाको भविष्यसँग जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का