१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना

१४ कार्तिक २०८१, बुधबार १५:१९

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको मेडिसन स्क्वायर गार्डनमा आयोजित -यालीमा ट्रम्पका समर्थकप्रति अपमानजनक शब्द प्रयोग गरेपछि अमेरिकामा चुनावी विवाद चुलिएको छ ।

बाइडेनले ट्रम्पका समर्थकहरूलाई ‘फोहोर’ भनी सम्बोधन गर्दै ट्रम्पले लातिनो समुदायलाई ‘राक्षस’ को रूपमा चित्रण गरेको भन्दै कडा आलोचना गरेका छन् ।

हिस्पानिक एड्भोकेसी समूह ‘भोट लातिनो’ सँगको कार्यक्रममा बाइडेनले ट्रम्पको समर्थकहरूलाई अपमान गर्दै भने, ‘म फोहोर देख्छु भने त्यो ट्रम्पका समर्थकहरू मात्र हुन् । उनले लातिनो समुदायलाई राक्षसको रूपमा देखाउनु अस्वीकार्य छ र यो अमेरिकाको मान्यतासँग विपरीत छ ।’

तर, व्हाइट हाउसले बाइडेनको भनाइलाई ‘¥यालीमा भएको भ्रामक र घृणास्पद टिप्पणीलाई फोहोर भनेको’ भनेर स्पष्टिकरण दिएको छ ।

रिपब्लिकन नेताहरूले तुरुन्तै बाइडेनको भनाइको कडा आलोचना गरेका छन् । फ्लोरिडाका सिनेटर मार्को रुबियोले पेन्सिल्भेनियामा आयोजित ट्रम्पको -यालीमा भने, ‘जो बाइडेनले हामीलाई फोहोर भनेका छन्, उनी देशलाई माया गर्ने सामान्य अमेरिकीहरूको कुरा गरिरहेका छन् ।’

ट्रम्पले बाइडेनको यस भनाइलाई २०१६ मा हिलारी क्लिन्टनले ट्रम्प समर्थकलाई ‘बास्केट अफ डिप्लोरबल्स’ भनेको टिप्पणीसँग तुलना गर्दै भने, ‘हिलारीले डिप्लोरबल भनेकी थिइन्, अहिले बाइडेनले फोहोर भनेका छन्, अझ नराम्रो शब्द यही हो ।’

ट्रम्पका अन्य समर्थक नेताहरूले पनि बाइडेनको भनाइलाई अस्वीकार्य भएको बताएका छन् । ट्रम्पका उपराष्ट्रपति उम्मेदवार जे.डी. भ्यान्सले बाइडेनको भनाइलाई ‘अप्रिय’ भन्दै भने, ‘कमला ह्यारिस र बाइडेनले देशको आधा जनतालाई अपमान गरिरहेका छन्, यसको कुनै बहाना छैन ।’ सिनेटर टम कटनले कमला ह्यारिसलाई बाइडेनको यस ‘घृणास्पद टिप्पणी’को निन्दा गर्न आह्वान गरेका छन् ।

राष्ट्रपति बाइडेनले आलोचना पछि ‘एक्स’ (पूर्वमा ट्विटर) मा स्पष्टीकरण दिंदै आफू ट्रम्पका सबै समर्थकलाई नभई मेडिसन स्क्वायर गार्डनमा देखिएको घृणास्पद अभिव्यक्तिलाई मात्र ‘फोहोर’ भनेको स्पष्टिकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का