१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीमा भएको सबै पैसाभन्दा रुसले गुगललाई लगाएको जरिवाना २ करोड गुणा बढी !

१५ कार्तिक २०८१, बिहीबार १५:०५

काठमाडौँ | रुसले गुगललाई पृथ्वीमा भएको कूल पैसाभन्दा दुई करोड ३८ लाख नौ हजार ५२३ गुणा बढी जरिवाना तिर्न निर्देशन दिएको छ । विभिन्न मितिमा रुसी च्यानललाई युट्युबमा ब्लक गरेको भन्दै रुसले गुगललाई जरिवाना तिराउने निर्णय गरेको हो ।

द मस्को टाइम्सका अनुसार रुसी अदालतले गुगललाई २.५ डेसिलियन डलर जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको २.५ पछाडि ३३ ओटा शून्य हुनु हो ।

द मस्को टाइम्सले सार्वजनिक गरेको रिपोर्टमा गुगलले यो जरिवाना कहिल्यै नतिर्ने टिप्पणी गरिएको छ । गुगलको मातृ कम्पनी अल्फाबेटले गत वर्ष ३०७ अर्ब डलर आम्दानी गरेको थियो । तर, कर्पोरेट दुनियाँमा यसलाई हिसाब गर्ने हो भने तुलनात्मक रूपमा ३०७ अर्ब डलर त्यति धेरै होइन । झन् रुसले तिराएको जरिवानाका अगाडि यो आम्दानी रकम केही पनि होइन ।

रुसको अदालतले गुगललाई किन यति धेरै जरिवाना तिराउन खोजेको होला ? यसको कारण हो, रुसले सञ्चालन गरेको मिडिया ।

रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि त्यसको जवाफमा गुगलले थुप्रै रुसी च्यानल युट्युबमा ब्लक गरेको थियो । यसमा च्यानल वन, मस्को मिडिया, पब्लिक टेलिभिजन अफ रसिया आदि समावेश थिए । द्वन्द्वको समयमा भ्रामक जानकारी फैलिने जोखिम कम गर्न गुगलले रुसले नियन्त्रण गरेका सञ्चारमाध्यमको च्यानल ब्लक गरेको थियो ।

रुसी अदालतले गुगललाई ब्लक गरिएका अकाउन्ट फिर्ता गर्न र हरेक दिनको एक लाख रुबेल्स (करिब १०२९ डलर) फाइन तिर्न लगाएको छ । रुसी सञ्चारमाध्यम आरबीसीका अनुसार अदालतले हरेक साता उक्त जरिवाना रकम दोब्बर बनाउँदै लगेको थियो ।

दिन दुई गुणा रात चौगुणाका दरले उक्त जरिवाना रकम बढ्दै गएको थियो । २०२३ मा पृथ्वीको कूल गार्हस्थ उत्पादन (जीडीपी) १०५० खर्ब डलर भएको बताइन्छ । यसको तुलनामा गुगलले तिर्नुपर्ने रकम दुई करोड गुणाले बढी हो ।

गुगलले भने जरिवाना तिर्ने कुनै सङ्केत देखाएको छैन । उता जरिवाना रकम भने बढेको बढ्यै छ ।

वास्तवमा गुगल प्रायः पूरै रुसबाट बाहिरिइसकेको छ । गुगलको रुसी सहायक कम्पनीलाई रुसले करिब एक वर्षअघि कङ्गाल भएको घोषणा गरेको थियो ।

रुसी मिडिया कम्पनीहरूले सुरुमा गुगलविरुद्ध मुद्दा हालेका थिए । अहिले ती कम्पनी गुगललाई जरिवाना तिराउने प्रयासमा लागेका छन् । आरबीसीका अनुसार यी रुसी कम्पनीहरूले स्पेन, दक्षिण अफ्रिका, टर्की र हङ्गेरी जस्ता देशहरूमा गुगल विरुद्ध मुद्दा दायर गरेका छन्, ताकि रुसी जरिवाना कार्यान्वयन गराउन सकियोस् ।

यस वर्षको सुरुमा दक्षिण अफ्रिकाले गुगलका सम्पत्ति जफत गर्न अनुमति पनि दिएको थियो । जवाफमा गुगलले यी रुसी मुद्दाहरूलाई केवल रुसमा सीमित राख्न अमेरिका र बेलायतमा आफ्नै मुद्दाहरू सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का