१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी राष्ट्रपति निर्वाचन : ७ ‘स्वीङ स्टेट’ मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले बाजी मारे, बाँकी ६ राज्यमा के छ अवस्था ?

२१ कार्तिक २०८१, बुधबार १२:१९

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै विभिन्न राज्यमा मतगणना भइरहेको छ । निर्वाचन परिणामका लागि अमेरिकाका ७ ‘स्वीङ स्टेट’ (कसले जित्छ भन्ने अनुमान गर्न कठिन) नै निर्णायक मानिने जानकारहरू बताउँछन् ।

तिनै ‘स्वीङ स्टेट’मध्येको एक नर्थ क्यारोलाइनामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । सात ‘स्वीङ स्टेट’मा नर्थ क्यारोलाइनाका अतिरिक्त एरिजोना, जर्जिया, मिशिगन, नेवाडा, पेन्सिलभेनिया र विस्कन्सिन छन् ।

यसमध्ये जर्जिया र पेन्सिलभेनियामा पनि ट्रम्प जितको नजिक छन् । यी राज्यका अधिकांश मत गणाना भइसक्दा ट्रम्पले अग्रता बनाइरहेका छन् ।

एरिजोना र विस्कन्सिन राज्यमा पनि कमला ह्यारिससँग ट्रम्पले झिनो अन्तरले अग्रता बनाइरहेका छन् । यी दुवै राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।

मिशिगनमा भने कमला ह्यारिसले अग्रता बनाएकी छन् । यहाँ ३२ प्रतिशतभन्दा बढी मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का