१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो

२१ कार्तिक २०८१, बुधबार १५:०५

फ्लोरिडा | अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिएपछि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले ‘अमेरिकी जनताको सानदार जित’ भनेका छन्।

फ्लोरिडा राज्यस्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन्। रिपब्लिकनले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ उनको भनाइ थियो।

सम्बोधनका क्रममा ट्रम्पले भने, “यो अमेरिकी जनताको एक शानदार जित हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ।”

उनले सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले समर्थकलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा लिएका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी रहेको छ। अमेरिकी सञ्चार माध्यमले ट्रम्प जित नजिक पुगेको उल्लेख गरेका छन्।

न्यू योर्क टाइम्सका अनुसार, ट्रम्पले २६७ इलेक्ट्रोनिक कलेज जित्ने निश्चित भइसकेको छ। त्यस्तै, डेमाक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २२४ इलेक्ट्रोनिक कलेज जित्ने सुनिश्चित भएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्ट्रोनिक कलेज जित्नुपर्छ।

यसअघि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीले जित्दै आएका राज्यमा दुवै पार्टीले जित्ने आकलन गरिएको थियो। सात वटा राज्यमा प्रतिस्पर्धा हुने जनाइएको थियो। ति राज्यलाई निर्णायक मानिएको थियो।

निर्णायक मानिएका सातमध्ये दुई राज्यमा ट्रम्पको जित सुनिश्चित भएको छ। त्यस्तै, बाँकी चार राज्यमा उनी अगाडि छन् भने ह्यारिस एक राज्यमा मात्रै अगाडि छन्।

निर्णायक मानिएका राज्यमा अग्रता लिएपछि ट्रम्पले आफू राष्ट्रपतिमा विजयी भएको घोणाा गरेका हुन्। समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले लोकप्रिय मतमा पनि आफू अगाडि रहेको उल्लेख गरेका छन्।

अहिलेसम्म ट्रम्पले ६ करोड ८८ लाख ७७ हजार २९३ मत पाएका छन् भने ह्यारिसले ६ करोड ३६ लाख १३ हजार ९५१ मत पाएकी छन्। अहिलेसम्म गणना भएको मतमध्ये ट्रम्पले ५१.१ प्रतिशतभन्दा बढी मत पाएका छन्।

त्यस्तै, ट्रम्पले सिनेटमा पनि बहुमत आउनु महत्त्वपूर्ण भएको बताएका छन्। उनले भने, “हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं, यो निकै महत्वपूर्ण र महान छ।”

अमेरिकी सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीले ५१ सिट जितेको छ। त्यस्तै, ह्यारिसको डेमोक्र्याटिक पार्टीले ४२ सिट जितेको छ। एक सय सदस्यीय सिनेटमा ५० सिट जिते पुग्छ। यसअघि सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का