२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो

२०८१, २१ कार्तिक बुधबार १५:०५

फ्लोरिडा | अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिएपछि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले ‘अमेरिकी जनताको सानदार जित’ भनेका छन्।

फ्लोरिडा राज्यस्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन्। रिपब्लिकनले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ उनको भनाइ थियो।

सम्बोधनका क्रममा ट्रम्पले भने, “यो अमेरिकी जनताको एक शानदार जित हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ।”

उनले सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले समर्थकलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा लिएका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी रहेको छ। अमेरिकी सञ्चार माध्यमले ट्रम्प जित नजिक पुगेको उल्लेख गरेका छन्।

न्यू योर्क टाइम्सका अनुसार, ट्रम्पले २६७ इलेक्ट्रोनिक कलेज जित्ने निश्चित भइसकेको छ। त्यस्तै, डेमाक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २२४ इलेक्ट्रोनिक कलेज जित्ने सुनिश्चित भएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्ट्रोनिक कलेज जित्नुपर्छ।

यसअघि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीले जित्दै आएका राज्यमा दुवै पार्टीले जित्ने आकलन गरिएको थियो। सात वटा राज्यमा प्रतिस्पर्धा हुने जनाइएको थियो। ति राज्यलाई निर्णायक मानिएको थियो।

निर्णायक मानिएका सातमध्ये दुई राज्यमा ट्रम्पको जित सुनिश्चित भएको छ। त्यस्तै, बाँकी चार राज्यमा उनी अगाडि छन् भने ह्यारिस एक राज्यमा मात्रै अगाडि छन्।

निर्णायक मानिएका राज्यमा अग्रता लिएपछि ट्रम्पले आफू राष्ट्रपतिमा विजयी भएको घोणाा गरेका हुन्। समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले लोकप्रिय मतमा पनि आफू अगाडि रहेको उल्लेख गरेका छन्।

अहिलेसम्म ट्रम्पले ६ करोड ८८ लाख ७७ हजार २९३ मत पाएका छन् भने ह्यारिसले ६ करोड ३६ लाख १३ हजार ९५१ मत पाएकी छन्। अहिलेसम्म गणना भएको मतमध्ये ट्रम्पले ५१.१ प्रतिशतभन्दा बढी मत पाएका छन्।

त्यस्तै, ट्रम्पले सिनेटमा पनि बहुमत आउनु महत्त्वपूर्ण भएको बताएका छन्। उनले भने, “हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं, यो निकै महत्वपूर्ण र महान छ।”

अमेरिकी सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीले ५१ सिट जितेको छ। त्यस्तै, ह्यारिसको डेमोक्र्याटिक पार्टीले ४२ सिट जितेको छ। एक सय सदस्यीय सिनेटमा ५० सिट जिते पुग्छ। यसअघि सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार