७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता

२६ कार्तिक २०८१, सोमबार ०८:२९

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप नचर्काउन आगह गर्दै युरोपमा शान्ति स्थापना गर्ने विषयमा छलफल गरेका थिए ।

ट्रम्पले यो वार्तामा रुसले युक्रेनमा कब्जा गरेका भूभागको विषय पनि उठाएको जनाइएको छ ।

तर, यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । ट्रम्पले आफ्नो कार्यकालमा युद्धलाई थप बिग्रन नदिने इच्छा व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार युक्रेन सरकारलाई पनि ट्रम्प–पुटिनको यस वार्ताको जानकारी दिइएको छ ।

ट्रम्पले आफूले युक्रेन युद्धलाई छिट्टै समाधान गर्ने बताउँदै आए पनि कसरी शान्ति स्थापना गर्ने भन्ने ठोस योजना भने सार्वजनिक गरेका छैनन् ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता भने रोक्ने संकेत गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई अरबौं डलरको सैन्य सहायता दिएको छ । ट्रम्पका अभियान अधिकारी ब्रायन लान्जाले भने ‘शान्ति प्राप्त गर्न युक्रेनले केही भूभाग छोड्नुपर्ने हुन सक्छ ।’ तर, ट्रम्पका प्रवक्ताले भने यो कुरा ब्रायन लान्जाको व्यक्तिगत धारणा रहेको र ट्रम्पको आधिकारिक धारणा नभएको प्रस्ट पारेका छन् ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको शान्तिको प्रस्तावलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन् । उनका अनुसार, ट्रम्पले सम्झौतामा विश्वास गर्ने र शान्तिको लागि पहल गर्न चाहने कुरा गरेका छन् ।

यस्तै, ट्रम्पले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग पनि फोनमा वार्ता गरेका छन् । उक्त वार्तामा दुबै नेताहरूले युरोपमा शान्ति फर्काउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा एनपीएलको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य