२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी

२८ कार्तिक २०८१, बुधबार ०९:३२

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन् ।

नोभेम्बर ५ मा भएको चुनावबाट निर्वाचित भएका ट्रम्पले कार्यभार जनवरी २० देखि सम्हाल्ने छन् । त्यसअघि नै महत्वपूर्ण जिम्मेवारी दिने व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएका ट्रम्पले नयाँ विभाग गठन गर्दै मस्क र रामास्वामीलाई जिम्मेवारी दिएका हुन् । ट्रम्पले सरकारी खर्च घटाउने र कर्मचारीहरुमाथि निगरानी गर्ने उद्देश्यले ‘सरकारी दक्षता विभाग’ नै बनाएका छन् । त्यसैको नेतृत्व मस्क र रामास्वामीलाई सुम्पिएका हुन् । यो विभागले अनावश्यक नियमहरु परिमार्जन र हटाउन, फजुल खर्चमा कटौती गर्दै संघीय निकायहरुलाई पुनर्संरचना गर्न भूमिका खेल्ने छ ।

मस्क र रामास्वामीले २०२६ को जुलाई ४ सम्ममा आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् । ४ जुलाई २०२६ मा अमेरिकाले २५० औं वार्षिकोत्सव मनाउँदै छ । चुनावकै बेला विभिन्न कुराहरुको पुनर्संरचना गर्ने बताएका ट्रम्पले यो विभाग अमेरिकी जनताका लागि ‘उपहार’ हुने बताएका छन् ।

एलन मस्क टेस्ला, स्पेसएक्स र एक्स (पूर्व ट्विटर) का प्रमुख हुन् । उनी ट्रम्पको चुनावी अभियानमा खुलेरै लागेका थिए भने विवेक रामास्वामी एक औषधि कम्पनीका संस्थापक र उद्यमी हुन् । उनले ट्रम्पको राष्ट्रपतीय अभियानमा समर्थन जनाउँदै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

नयाँ विभागको संक्षिप्त नाम ‘डीओजीई’ रहेको छ । यसलाई मस्कले प्रचार गर्ने लोकप्रिय क्रिप्टोकरेन्सी डोजक्वाइनसँग मिलेको रुपमा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य