१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

२९ कार्तिक २०८१, बिहीबार ११:५१

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा करिब दुई घण्टा भेट गरेको जानकारी दिए । ह्वाइट हाउसका चीफ अफ स्टाफ जेफ जिएन्ट्स र आगामी चिफ अफ स्टाफ सुसी विल्स पनि बैठकमा उपस्थित रहेको पनि उनको भनाई छ । छलफल सौहार्दपूर्ण र फलदायी भएको उनको टिप्पणी छ ।

नव निर्वाचित र वर्तमान राष्ट्रपतिकाबीचमा अमेरिका र विश्वले सामना गरिरहेका महत्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिललाई ट्रम्पले गरे बर्खास्त एमाले संसदीय दलको बैठक आज बस्दै, यी विषयमा हुने छलफल ! मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ट्याक्सी चालक पोखराबाट पक्राउ आज दुईवटा संसदीय समितिको बैठक बस्दै आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ?