२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट

२०८१, १ मंसिर शनिबार १६:३४

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ । चुहाई एयर शोमा अत्याधुनिक उक्त फाइटर जेटको अनावरण गरेसँगै यसले चर्चा बटुलेको हो ।

‘ह्वाइट एंपरर’ नाम दिइएको यो जेट तिब्र गतिमा उडान भर्न सक्षम छ भने पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमता रहेको चीनको दाबी छ ।

अत्याधुनिक टेक्नोलोजी अर्थात स्टिल्थ क्षमता, सुपरसोनिक गति र उन्नत हतियार प्रणालीको प्रयोग गरेर निर्माण गरिएको जेट पीपुल्स लिबरेशन आर्मी एयर फोर्सको ७५औं वार्षिकोत्सवको अवसरमा ग्वाङडोङ प्रान्तमा एयर शो समेत गरिएको थियो ।

१५औं चाइना इन्टरनेशनल एभिएसन एण्ड एरोस्पेस प्रदर्शनीमा भने पाँचौं पुस्ताको लडाकू जे२० लगायतका चीनका धेरै उच्च स्तरका जेटहरूले उडान प्रदर्शन गरेका छन्।

परम्परागत युद्ध र अन्तरिक्षीय सुरक्षाका लागि सक्षम मानिएका यस्ता जेट अमेरिका र चीनले प्रतिस्पर्धात्मक रुपमा निर्माण गरिरहेका छन् । जे– २० र जे– ३५ निर्माण गरिसकेको चीनले भने नयाँ फाइटर जेटको विकासले चीनको सैन्य प्रविधिमा ठूलो उपलब्धि ठानिएको छ ।

हालै चुहाईमा भएको वार्षिक एयर शोमा रुसी एसयू–५७ फेलान र चाइनिज जे–३५ अन्तर्राष्ट्रिय बजारमा दौडिरहेका दुई फाइटर प्लेनले उडान भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह