१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट

१ मंसिर २०८१, शनिबार १६:३४

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ । चुहाई एयर शोमा अत्याधुनिक उक्त फाइटर जेटको अनावरण गरेसँगै यसले चर्चा बटुलेको हो ।

‘ह्वाइट एंपरर’ नाम दिइएको यो जेट तिब्र गतिमा उडान भर्न सक्षम छ भने पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमता रहेको चीनको दाबी छ ।

अत्याधुनिक टेक्नोलोजी अर्थात स्टिल्थ क्षमता, सुपरसोनिक गति र उन्नत हतियार प्रणालीको प्रयोग गरेर निर्माण गरिएको जेट पीपुल्स लिबरेशन आर्मी एयर फोर्सको ७५औं वार्षिकोत्सवको अवसरमा ग्वाङडोङ प्रान्तमा एयर शो समेत गरिएको थियो ।

१५औं चाइना इन्टरनेशनल एभिएसन एण्ड एरोस्पेस प्रदर्शनीमा भने पाँचौं पुस्ताको लडाकू जे२० लगायतका चीनका धेरै उच्च स्तरका जेटहरूले उडान प्रदर्शन गरेका छन्।

परम्परागत युद्ध र अन्तरिक्षीय सुरक्षाका लागि सक्षम मानिएका यस्ता जेट अमेरिका र चीनले प्रतिस्पर्धात्मक रुपमा निर्माण गरिरहेका छन् । जे– २० र जे– ३५ निर्माण गरिसकेको चीनले भने नयाँ फाइटर जेटको विकासले चीनको सैन्य प्रविधिमा ठूलो उपलब्धि ठानिएको छ ।

हालै चुहाईमा भएको वार्षिक एयर शोमा रुसी एसयू–५७ फेलान र चाइनिज जे–३५ अन्तर्राष्ट्रिय बजारमा दौडिरहेका दुई फाइटर प्लेनले उडान भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का