१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू

२ मंसिर २०८१, आईतवार १२:१४

एजेन्सी | इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरमा फेरि बम आक्रमण गरिएको छ । इजरायलको उत्तरी शहर कैसरियामा रहेको प्रधानमन्त्री नेतान्याहूको घरतर्फ दुईवटा फ्ल्यास बम प्रहार गरिएको हो । जसबाट उनको बगैंचामा क्षति पुगेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आक्रमणको समयमा प्रधानमन्त्री नेतान्याहू र उनका परिवारका कुनै पनि सदस्य घरमा थिएनन् । उक्त बम आक्रमणबाट ठूलो क्षति भएको छैन । यसअघि पनि प्रधानमन्त्री नेतान्याहूको घरलाई लक्षित गरेर बम आक्रमण भएको थियो। शनिबार भएको बम आक्रमण घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

इजरायली राष्ट्रपति इसहाक हर्जोगले सामाजिक सञ्जाल ‘एक्स’मा यो घटनाको निन्दा गर्दै अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री नेतान्याहूविरुद्धका गतिविधिहरूले सबै सीमा नाघेको बताएका छन् । रक्षा मन्त्री इतामार बेन–गविरले पनि एक्समा लेख्दै प्रधानमन्त्रीको घरमा फ्ल्यास बम प्रहार गर्नु अर्को ‘लाल रेखा’ पार गर्नु हो भनेका छन् । गत अक्टोबरमा पनि कैसरियास्थित प्रधानमन्त्रीको घरतर्फ ड्रोन आक्रमण गरिएको थियो, जसमा कुनै क्षति पुगेको थिएन । उत्तरतर्फ इजरायली सेना अक्टोबर २०२३ देखि लेबनानी सशस्त्र समूह हिजबुल्लासँग संघर्षरत छ ।

गाजामा इजरायली आक्रमण, १० जनाको मृत्यु
गाजा सहरको शाती शरणार्थी शिविरमा रहेको एक स्कूलमा इजरायली आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । चिकित्सकहरूका अनुसार यस शरणार्थी शिविरमा धेरै परिवारहरूलाई आश्रय दिइएको छ ।
फिलिस्तिनी स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार दिनभरि भएका इजरायली सैन्य आक्रमणहरूमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७, २०२३ देखि हालसम्म ४३ हजार ७९९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । इजरायली तथ्यांकअनुसार, हमासका लडाकुहरूले गत वर्ष करिब १,२०० जना इजरायलीलाई मारेका थिए । हालसम्म करिब २५० जना बन्धक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का