२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू

२०८१, २ मंसिर आईतवार १२:१४

एजेन्सी | इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरमा फेरि बम आक्रमण गरिएको छ । इजरायलको उत्तरी शहर कैसरियामा रहेको प्रधानमन्त्री नेतान्याहूको घरतर्फ दुईवटा फ्ल्यास बम प्रहार गरिएको हो । जसबाट उनको बगैंचामा क्षति पुगेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आक्रमणको समयमा प्रधानमन्त्री नेतान्याहू र उनका परिवारका कुनै पनि सदस्य घरमा थिएनन् । उक्त बम आक्रमणबाट ठूलो क्षति भएको छैन । यसअघि पनि प्रधानमन्त्री नेतान्याहूको घरलाई लक्षित गरेर बम आक्रमण भएको थियो। शनिबार भएको बम आक्रमण घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

इजरायली राष्ट्रपति इसहाक हर्जोगले सामाजिक सञ्जाल ‘एक्स’मा यो घटनाको निन्दा गर्दै अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री नेतान्याहूविरुद्धका गतिविधिहरूले सबै सीमा नाघेको बताएका छन् । रक्षा मन्त्री इतामार बेन–गविरले पनि एक्समा लेख्दै प्रधानमन्त्रीको घरमा फ्ल्यास बम प्रहार गर्नु अर्को ‘लाल रेखा’ पार गर्नु हो भनेका छन् । गत अक्टोबरमा पनि कैसरियास्थित प्रधानमन्त्रीको घरतर्फ ड्रोन आक्रमण गरिएको थियो, जसमा कुनै क्षति पुगेको थिएन । उत्तरतर्फ इजरायली सेना अक्टोबर २०२३ देखि लेबनानी सशस्त्र समूह हिजबुल्लासँग संघर्षरत छ ।

गाजामा इजरायली आक्रमण, १० जनाको मृत्यु
गाजा सहरको शाती शरणार्थी शिविरमा रहेको एक स्कूलमा इजरायली आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । चिकित्सकहरूका अनुसार यस शरणार्थी शिविरमा धेरै परिवारहरूलाई आश्रय दिइएको छ ।
फिलिस्तिनी स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार दिनभरि भएका इजरायली सैन्य आक्रमणहरूमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७, २०२३ देखि हालसम्म ४३ हजार ७९९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । इजरायली तथ्यांकअनुसार, हमासका लडाकुहरूले गत वर्ष करिब १,२०० जना इजरायलीलाई मारेका थिए । हालसम्म करिब २५० जना बन्धक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह