१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मौसम अपडेट

डिभोर्स होटल: जहाँ शुक्रबार छिरेका दम्पती आइतबार डिभोर्स गरेर बाहिरिन्छन्

५ मंसिर २०८१, बुधबार १४:०२

काठमाडौँ | अहिलेसम्म हामीले विवाहपछी हनीमूनका लागि होटल बुक गर्ने प्रचलन त सामान्यतया हामीले सुनेका छौँ, तर सम्बन्ध विच्छेद गर्न होटल बुक गर्ने भन्ने कुरा भने हाम्रा लागि अनौठो हुन सक्छ। हो, नेदरल्याण्ड्समा यस्तो अनौठो होटल छ, जहाँ दम्पती आफ्नो सम्बन्ध अन्त्य गर्नका लागि होटल बुक गर्छन्।

वर्तमान समयमा बिवाह टुट्ने दरमा उल्लेख्य वृद्धि भइरहेको छ। हरेक दिन सम्बन्ध विच्छेदका खबरहरू सुनिनु र देखिनु सामान्य भइसकेको छ। सामान्यतः डिभोर्सका लागि महिनौँसम्म अदालतका चक्कर लगाउनुपर्छ। तर, अब यो प्रक्रियालाई सहज बनाउँदै नयाँ ट्रेन्ड आएको छ, जहाँ डिभोर्सका लागि केवल दुई दिनमात्र पर्याप्त हुनेछ।

नेदरल्याण्ड्सका ३३ वर्षीय व्यवसायी जिम हाफेन्सले यस्तो नयाँ व्यवसायिक मोडेल प्रस्तुत गरेका छन्, जसअनुसार शुक्रबार होटलमा चेकइन गर्ने दम्पती आइतबारसम्म डिभोर्सका कागजात लिएर बाहिरिन्छन्।

होटलले कसरी काम गर्छ?

यो अनौठो होटलले सम्बन्ध विच्छेदका लागि पूर्ण प्याकेज उपलब्ध गराउँछ। यहाँ वकिल र मध्यस्थकर्ताको टिम पहिले नै तयार हुन्छ। दम्पती शुक्रबार होटलमा प्रवेश गर्छन्, आफ्नो सम्बन्धलाई पूर्णविराम लगाउँछन्, र आइतबार कानूनी डिभोर्सका कागजात लिएर बाहिरिन्छन्। यसका लागि एक निश्चित शुल्क तोकिएको छ।

होटलमा यस्तो वातावरण सिर्जना गरिन्छ जसले सम्बन्ध विच्छेद प्रक्रियालाई सहज बनाउँछ। लामो र जटिल कानूनी प्रक्रियामा समय बर्बाद गर्नुको सट्टा दम्पतीलाई एकै स्थानमा कानूनी परामर्श, मनोवैज्ञानिक सहयोग, र मध्यस्थता प्रदान गरिन्छ। यसबाट कुनै तनावबिना र शान्तिपूर्वक डिभोर्सको प्रक्रिया टुंग्याउन मद्दत हुन्छ।

होटल कहाँ छ?

यो होटल नेदरल्याण्ड्सको हार्लेम सहरमा रहेको छ, जसलाई ‘The Separation Inn’ भनिन्छ। अहिलेसम्म यो होटलबाट १७ जोडीले सेवा लिएका छन्, जसमा १६ जोडीले सफलतापूर्वक डिभोर्स गरेका छन्। यो योजना अहिले नेदरल्याण्ड्स मात्र नभई विश्वभर चर्चामा छ। अब यस होटलको शाखा अन्य ठूला शहरहरूमा खोल्ने तयारी भइरहेको छ।

कति छ डिभोर्स होटलको शुल्क?

डिभोर्स होटलको शुल्क १०,००० देखि १५,००० अमेरिकी डलरसम्म रहेको छ। होटलको वेबसाइटअनुसार, यहाँ आउनुको उद्देश्य केवल सम्बन्ध टुंग्याउनु मात्र नभई जीवनको नयाँ सुरुवात पनि हो। दम्पतीले आधिकारिक डिभोर्स वा अनलाइन डिभोर्सको विकल्पसमेत रोज्न सक्छन्।

डिभोर्स होटलको अवधारणालाई  केहीले आकर्षित भनेको छन् भने केहीले आलोचना पनि गरेको छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का