१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय र्‍यापर बादशाहको नाइट क्लबबाहिर बम विस्फोट, लरेन्स बिश्नोई गिरोहको दाबी

११ मंसिर २०८१, मंगलवार १७:५०

चण्डीगढ | भारतीय र्‍यापर बादशाहको नाइट क्लबबाहिर बम विस्फोट भएको छ। चण्डीगढको सेक्टर २६ मा रहेको सेभिल रेस्टुरेन्टबाहिर मंगलबार बिहान दुईवटा विस्फोट भएका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार लरेन्स बिश्नोई गिरोहले सामाजिक सञ्जालमार्फत आफूहरूले विस्फोट गराएको दाबी गरेको छ। गोल्डी बरारद्वारा जारी पोस्टमा क्लबबाहिरको विस्फोटको जिम्मेवारी लिइएको छ।

प्रहरीका अनुसार पहिलो विस्फोट बिहान ३:१५ बजेतिर सेभिल रेस्टुरेन्टबाहिर भएको थियो। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले क्लबको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थ विस्फोट गराएका थिए। केही मिनेटपछि नजिकैको डी’अरा क्लबबाहिर पनि यस्तै विस्फोट भएको थियो। विस्फोटका कारण क्लब रहेको भवनको झ्यालहरू फुटेका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गर्दै प्रहरीले उक्त क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजको अध्ययन गरिरहेको जनाएको छ। फुटेजमा दुई अज्ञात व्यक्तिले बार-सह-लाउन्जतर्फ केही फ्याँकेको र त्यसपछि धुवाँको बादल उठेको देखिएको छ।

बादशाहले गत डिसेम्बरमा सेभिल रेस्टुरेन्ट खोलेका थिए। उनी सेभिलका साथै सागो स्पाइसी सिम्फनी र सिडेराका सह-मालिक पनि हुन्। ३९ वर्षीय र्‍यापरले हिन्दी, अंग्रेजी, पञ्जाबी, र हरियाणवी भाषामा गीत गाएका छन्। उनले “कपुर एन्ड सन्स” र “क्रु” जस्ता बलिउड फिल्मका लागि पनि गीत गाएका छन्।

प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको छ भने गिरोहको दाबीबारे थप छानबिन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का