१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’: बक्स अफिसमा नयाँ कीर्तिमान, तीन दिनमै कमायो ५८८ करोड

२३ मंसिर २०८१, आईतवार १३:५८

काठमाडौँ | बिहीबार प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ भारतीय बक्स अफिसमा तहल्का मच्चाउँदै नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मको लोकप्रिय संवाद “फायर होइन, वाइल्ड फायर” जस्तै, यसको कमाइ पनि बक्स अफिसमा वाइल्ड फायर बनेको छ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले तीन दिनमा हिन्दी संस्करणबाट मात्र २०५ करोड रुपैयाँ कमाएको छ। फिल्मले पहिलो दिन ७२ करोड, दोस्रो दिन ५९ करोड, र तेस्रो दिन ७४ करोडको व्यापार गरेको छ। योसँगै ‘पुष्पा २’ भारतको पहिलो यस्तो फिल्म बनेको छ, जसले दुई दिनमा ७० करोडभन्दा बढी कमाइ गरेको छ।

यसअघि शाहरुख खानको ‘जवान’ले तीन दिनमा १ सय ८० करोड कमाएर यो कीर्तिमान राखेको थियो। अब, ‘पुष्पा २’ ले यो रेकर्ड तोड्दै नयाँ बेन्चमार्क स्थापित गरेको छ।

ट्रेड पोर्टल स्याकेनिल्कका अनुसार, ‘पुष्पा २’ ले तीन दिनमा विश्वभरबाट ५८८ करोड कमाएको छ। विदेशी बजारमा मात्र १२५ करोड र भारतमा ३८७ करोडको व्यापार गरेको छ। फिल्मले भारतमा ७ सय करोड र विश्वभर १५ सय करोड नाघ्न सक्ने अनुमान गरिएको छ।

सुकुमारको लेखन तथा निर्देशनमा बनेको ‘पुष्पा २’ मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल र सुनिल वर्मा मुख्य भूमिकामा छन्। फिल्म रक्तचन्दन काठको तस्करीको वरिपरि घुम्छ, जहाँ पुष्पराज पात्रले आफ्नो साम्राज्य खडा गरेको कथा छ।

५ सय करोड भारुमा बनेको यो फिल्मले प्रदर्शनअघि नै विभिन्न राइट्सबाट आफ्नो लगानी सुरक्षित गरिसकेको थियो। अब यसको व्यापारिक गति हेर्दा सर्वाधिक कमाउने भारतीय फिल्म बन्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ