२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिरियाबाट भागेर कहाँ गए राष्ट्रपति असद?

२०८१, २३ मंसिर आईतवार १७:२४

एजेन्सी | रियामा विद्रोही लडाकू राजधानी दमास्कस प्रवेश गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेका छन्।

शनिबारदेखि सिरियाका मुख्य-मुख्य सहर कब्जा गर्दै अघि बढेको विद्रोही समूह आइतबार दमास्कस पुगेको थियो।

दमास्कस पुगेपछि राष्ट्रपति बसर अल असदले देश छाडेका थिए।

विद्रोही लडाकू समूहले सिरियाको सरकारी टेलिभिजनबाट आइतबार दिउँसो सम्बोधन गर्दै सिरियामा २४ वर्षे तानाशाही शासनको अन्त्य भएको घोषणा गरेको हो।

उनीहरूले सिरिया अब स्वतन्त्र भएको र यहाँबाट विस्थापितहरू फर्कन सक्ने र असदले जेल हालेकाहरू पनि मुक्त हुन सक्ने भनेका छन्।

उनीहरुले राष्ट्रपति असदले देश छाडेको भने पनि कहाँ गएको भन्ने खुलेको छैन।

आइतबार बिहान ४ सहर दारा, कुनेत्रा, सुवेदा र होम्स २४ घन्टामै कब्जा गरेर दमास्कस छिरेलगत्तै राष्ट्रपति असद भागेको भनिएको थियो। यद्यपि उनको सचिवालयले भने विज्ञप्ति निकालेर नै राष्ट्रपति असद दमास्कसमै रहेको भनेको थियो।

यद्यपि त्यहाँको सेनाले आफ्ना कर्मचारीलाई राष्ट्रपति असद देशमा नरहेको भन्ने ब्रिफिङ गरेको थियो। लगत्तै विद्रोही समूहले त्यहाँको सरकारी टेलिभिजनबाट सिरियाली नागरिकहरूलाई सम्बोधन गर्दै असदको शासन अन्त्य भएको घोषणा गरेको हो।

Ncell
सिरियाका राष्ट्रपति कहाँ गए भन्ने बारेमा यकिनका साथ कतै पनि उल्लेख छैन।

केही सञ्चारमाध्यमले राष्ट्रपति असद संयुक्त अरब इमिरेट्स (युएई) छन् भनेर लेखेको छ तर त्यो पुष्टि नभएको उल्लेख गरेका छन्।

रोयटर्स लगायत केही समाचार संस्थाहरूले उनी चढेको जहाज दुर्घटनामा परेको हुनसक्ने भनेर पनि लेखेका छन्।

विद्रोहीहरू दमास्कस प्रवेश गरेपछि सिरियन जहाजा दमास्कस विमानस्थलबाट उडेको थियो। फ्लाइटराडारले पनि दमास्कसबाट उडेको जहाजलाई नोटिस गरेको थियो।

तर उडेको केही बेरमै जहाज फ्लाइटराडारको नियमनबाहिर पुगेको थियो। जहाज सुरूमा सिरियाको तटीय क्षेत्रतर्फ उडेको थियो। अवावाइट नजिक पुगेपछि जहाजले अचानक युटर्न लिएको र फ्लाइटराडारको ट्र्याकिङबाहिर पुगेको थियो।

रोयटर्सले तुरुन्तै बोर्डमा को थियो भनेर निर्धारण गर्न नसकिएको रोयटर्सले जनाएको छ। यद्यपि सिरियाका दुई स्रोतहरूलाई उद्धृत गर्दै विमान दुर्घटनामा असदको मृत्यु भएको हुन सक्ने धेरै उच्च सम्भावना रहेको भनेको छ।

त्यसबाहेक राष्ट्रपति असदको स्थितिबारे कुनै पनि सञ्चारमाध्यमहरूले लेखेका छैनन्। उनीको अवस्था अहिलेसम्म अज्ञात नै भएको भनिएको छ।

अमेरिकामा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले सिरियाका राष्ट्रपतिको रक्षा गर्न नसकेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै उनले सिरियाली राष्ट्रपति देश छाडेर भागेको र रूस र भ्लादिमिर पुटिनले युक्रेनमा ध्यान केन्द्रित गर्दा असदको रक्षा गर्न नसकेको भनेका भनेका छन्।

त्यसकारण मध्यपूर्वमा लडाई चलिरहेको सबै ठाउँमा तत्काल युद्धविराम हुनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन