१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध

१५ पुष २०८१, सोमबार १६:४४

बाकु । हालै काजकस्तानमा भएको अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले अनुरोध गरेका छन् । क्रिसमसको दिनमा काजकस्तानको अकताउमा ३८ जनाको ज्यान जाने गरी सो विमान दुर्घटना भएको थियो ।

बाकुबाट रुसको चेचन्या क्षेत्रका लागि उडेको विमान रुसको हवाई क्षेत्रभित्र रुसी हवाई रक्षा प्रणालीले प्रहार गरेको मिसाइलको चपेटामा आएको ठानिएको छ । शनिवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनाको मामिलामा अजरबैजानी राष्ट्रपतिसँग माफी पनि मागेका थिए । तर यस क्रममा उनले दुर्घटनाको जिम्मा भने लिएका थिएनन् ।

दुर्घटनामा रुसी संलग्नताबारे सुरुमा ढाकछोप गरेको आरोप अलियेभको छ । रुसले आफ्नो दोष मानेर क्षतिपूर्ति दिनु पर्नेमा उनले जोड दिएका छन् । विमानमा सवार ६७ जनामध्ये २९ जना बाँच्न सफल भएका थिए ।

इलेक्ट्रोनिक जामिङका कारण विमानको जीपीएस प्रभावित भएको अनि रुसी हवाई रक्षा मिसाइल लागेर विमानमा क्षति पुगेको अनि दुर्घटनामा परेको उड्डयन विज्ञ र अन्यले भनिरहेका छन् ।

शुक्रवार दुर्घटनाको सन्दर्भमा अजरबैजानले रुससँग कयौँ माग राखेको तर यसमध्ये अहिलेसम्म माफी मात्रै पूरा भएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का