१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदीमा ६ इरानीलाई फाँसी

१८ पुष २०८१, बिहीबार १४:४५

काठमाडौँ | साउदी अरबले ६ जना इरानी नागरिकलाई फाँसी दिएको छ । लागू औषध तस्करीको मामिलामा ती ६ जनालाई बुधबार फाँसीको सजाय दिइएको हो ।

मध्यपूर्वका यी दुई देशले बिग्रिएको आपसी सम्बन्ध सुधार्ने प्रयास गरिरहेकै समयमा यो खबर आएको हो । इरानले साउदीको यो कदमको चर्को आलोचना गरेको छ । साउदीको आन्तरिक मन्त्रालयले बताएअनुसार चरेस तस्करी गरेर साउदीमा ल्याउने क्रममा ६ जना इरानी नागरिक समातिएका थिए । मृत्युदण्डको सजायविरुद्ध परेको याचिका साउदीको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।

सजाय इस्लामिक कानुन अनुसार दिइएको र नागरिकलाई लागू औषधको चपेटामा पर्नबाट बचाउन यो कदम लक्षित भएको मन्त्रालयले बताएको छ ।

यो निर्णयको विरोध गर्दै तेहरानमा इरानको विदेश मन्त्रालयले देशका लागि साउदी राजदूतलाई बोलाएका थिए । फाँसीको फैसला न्यायिक सहकार्य गर्ने प्रवृत्तिको विरुद्ध भएको आन्तरिक मन्त्रालयका अधिकारी मोजतबा शस्ती कारिमीले भनेका छन् ।

फाँसीबारे इरानलाई समयमै जानकारी नगराइएको र यो कुनै पनि परिस्थितिमा अस्वीकार्य भएको पनि उनले बताएका छन् । ७ वर्षसम्मको तनावपछि इरान र साउदीले सन् २०२३ को सुरुमा कूटनीतिक सम्बन्ध पुनः स्थापित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का