१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी

१९ पुष २०८१, शुक्रबार १३:३०

एजेन्सी | कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो।

भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको टाइम्स अफ इन्डियमा उल्लेख छ।

चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (CDC) का अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु हो। HMPV बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड-१९ को केसहरू पनि रिपोर्ट गरिएको छ। जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ।

यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ। दाबीका अनुसार अस्पताल र श्मशान स्थलमा भीड बढ्दै गएको छ। तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन। द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ।

खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ।

HMPV भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो। एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए। तर, यो भाइरस विगत ६ दशकदेखि रहेको बताइन्छ।

यो भाइरस सबै प्रकारका मौसमी वातावरणमा पाइन्छ तर जाडोमा यसको फैलने जोखिम सबैभन्दा बढी हुन्छ।

कोभिड-१९ को पहिलो केस सन् २०१९ मा चीनको वुहान सहरमा भेटिएको थियो। त्यसपछि यो रहस्यमय निमोनिया हो भन्ने सोचिएको थियो। यो सार्स-कोव-२ भाइरस (कोरोना भायरस) बाट फैलिएको थियो। त्यसपछि यो भाइरस विश्वमा तीव्र रूपमा फैलियो र २०२० को जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।

विश्वभर कोभिडका ७० करोडभन्दा बढी केसहरू रेकर्ड भएका छन्। यसबाहेक ७० लाखभन्दा बढीको मृत्यु पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का