१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी

१९ पुष २०८१, शुक्रबार १४:२४

काठमाडौँ | रुसको ग्यास आपूर्तिका कारण सम्बन्ध बिग्रिएपछि स्लोभियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफ्नो देशमा रहेका एक लाख ३० हजार युक्रेनी शरणार्थीलाई गर्दै आएको सहयोग बन्द गर्ने चेतावनी दिएका छन्।

१ जनवरीका दिन रुस र युरोपेली मुलुकका बीचमा आपूर्ति चेनको रूपमा रहेको ग्यासको पाइपलाइन युक्रेनले बन्द गरेको थियो।

मुख्य ट्रान्जिट प्वाइन्टको रूपमा रहेको स्लोभाकियाले यस निर्णयका कारण लाखौँ डलर घाटा सहनुपर्ने भएको छ। गत महिना सार्वजनिक संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएनएचसिआर)को रिपोर्ट अनुसार एक लाख ३० हजार ५३० जना युक्रेनी शरणार्थी स्लोभाकियामा छन्। विश्व भरी कुल ६८ लाख १३ हजार नौ सय शरणार्थी छन्।

गत डिसेम्बरमा आश्चर्यजनक रूपमा मस्को भ्रमण गरेका फिकोले किभको निर्णय दुखदायी भएको बताएका छन्। युरोपेली युनियनका प्रधानमन्त्रीका अनुसार फिकाले युक्रेनमा विद्युत् आपूर्ति बन्द गर्ने तथा शरणार्थीलाई सहयोग बन्द गर्ने सम्भावना पनि छ। अहिले शरणार्थी आफै ग्यास आपूर्तिको सङ्कटमा छन्। यस कारण उनले अन्य उपायहरू खोज्न समेत जरुरी छ।

फिकोका अनुसार युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीको निर्णयपछि ट्रान्जिट फि मार्फत स्लोभाकियाले पाउँदै आएको मूल्य बराबरको वार्षिक ५०० मिलियन युरो घाटा लाग्ने बताए। यसअघि गत महिना नै स्लोभाकियाले ऊर्जामा संकट ल्याउनका साथै पुटिनलाई साथ दिइरहेको आरोप लगाएका छन्।

पोल्यान्डले भने स्लोभाकियाले विद्युत् आपूर्ति बन्द गरे आफू युक्रेनको पक्षमा रहने दाबी गरेको छ। रुसले ऊर्जा केन्द्रमा आक्रमण गरेपछि अहिले नै त्यहाँ संकट छ।

रुसले अहिले ब्ल्याकसीको प्रयोग गर्दै टर्कस्ट्रिम मार्फत हंगेरी, टर्की र सर्बियामा ग्यास लाने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का