२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए

२०८१, २२ पुष सोमबार १५:००

काठमाडौँ | चीनमा फैलिएको कोरोना भाइरसजस्तै मानिने ह्यूमन मेटान्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिन थालेको छ।

पछिल्लो पटक गुजरातको अहमदाबादमा दुई महिने शिशुमा यो भाइरस पाइएको हो। यसअघि, कर्नाटकमा तीन महिनाको बालीका र आठ महिनाको बालकमा यो भाइरस पुष्टि भएको थियो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कर्नाटकका दुई बालबालीकाहरु नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए। परीक्षणपछि उनीहरूमा एचएमपीभी पुष्टि भएको हो।

यध्यपि कर्नाटक स्वास्थ्य विभागले भने बच्चाहरूको नमुना निजी अस्पतालमा परीक्षण गरिएकाले सरकारी प्रयोगशालामा पुष्टि नभएको जानकारी दिएको छ।

अहमदाबादस्थित ओरेन्ज अस्पतालका डा. नीरव पटेलका अनुसार, ‘दुई महिने शिशुलाई १५ दिनअघि गम्भीर अवस्थाका कारण अस्पताल भर्ना गरिएको थियो। शिशुलाई चिसो र उच्च ज्वरो थियो। पाँच दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्यसपछि परीक्षण गर्दा एचएमपीभी पुष्टि भयो।’

कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले यो भाइरस पुष्टि भएपछि स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावसँग छलफल गरेका छन्। उनले सरकारले भाइरस नियन्त्रणका लागि सबै उपाय गर्ने बताए।

स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले भने, “यो कुनै गम्भीर भाइरस होइन। यो एक प्रकारको फ्लु भाइरस हो। डराउनु आवश्यक छैन। हामीले यसबारे भारत सरकारसँग छलफल गरिरहेका छाैं।”

एचएमपीभी संक्रमित व्यक्तिहरूमा चिसो, ज्वरो, खोकि, गलेमा खराश, र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ। यो भाइरसबाट साना बालबालिका, विशेष गरी दुई वर्षमुनिका, बढी प्रभावित हुने देखिएको छ।

भाइरसबारे भारतको केन्द्र सरकारले भनेको छ ‘चीनमा यो भाइरसको कारण आपतकालीन अवस्था जस्तै देखिए पनि भारतमा यो सामान्य फ्लु भाइरसकै रूपमा देखिएको छ। हामी सास सम्बन्धी रोगको उपचार र निगरानीका लागि पूर्ण तयार छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार