१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु

२४ पुष २०८१, बुधबार १२:०९

काठमाडौँ | चीनको तिब्बतमा मंगलबार आएको विनाशकारी भूकम्पपछि २४ घण्टामा ५१५ वटा परकम्प महसुस गरिएको छ। स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म ५१५ वटा परकम्प गएका छन्।

चीन भूकम्प सञ्जाल केन्द्रलाई उद्धृत गर्दै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले परकम्पमा सबैभन्दा ठूलो ४.४ म्याग्निच्युडको रहेको बताएको छ। मंगलबार आएको भूकम्पले कम्तीमा १२६ जनाको ज्यान लिएको छ। हजारौँ भवन क्षतिग्रस्त भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्।

भूकम्पको केन्द्रबिन्दु नेपालसँगको सीमा नजिक, सगरमाथाको उत्तरमा रहेको तिङरी काउन्टीमा थियो। चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार र पुनर्वासको आह्वान गरेका छन्।

यो सन् २०१४ पछिको चीनको सबैभन्दा घातक भूकम्प हो। सन् २०१४ मा आएको भूकम्पमा दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का