२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट

२०८१, २४ पुष बुधबार १७:०८

ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ । मंगलबार बङ्गलादेशले हसिनाको पासपोर्ट रद्द गरेको हो ।

सन् २०२४ को जुलाई–अगस्ट अवधिमा सरकारी जागिरमा कोटाको व्यवस्थाविरुद्ध भएको विद्यार्थी आन्दोलन दबाउन भूमिका निर्वाह गरेको मामिलामा हसिना र सम्बद्ध अरू ९६ जनाको पासपोर्ट खारेज गरिएको छ । पासपोर्ट विभागले जबरजस्ती बेपत्ता पारिएको मामिलामा संलग्न २२ जनाको पासपोर्ट रद्द गरेको छ ।


शेख हसिना समेत अरू ७५ जनाको पासपोर्ट भने जुलाईमा भएको हत्या मामिलामा रद्द गरिएको हो । अधिकारीहरूले हसिना बाहेक अरू ९६ जनाको नाम भने सार्वजनिक गरेका छैनन् ।

अगस्ट ५ मा उनी भागेर भारत पुगेकी थिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (आईसीटी)ले मंगलबार मात्रै हसिना र उनको मन्त्रीमन्डलका कयौँ पूर्व मन्त्री, सल्लाहकार र सैन्य एवम् नागरिक अधिकारीहरू विरुद्ध मानवता र नरसंहारको अपराधमा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार