१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ

२८ पुष २०८१, आईतवार १७:५५

काठमाडौँ | भारतको केरला राज्यअन्तर्गत पथनमथिट्टामा १८ वर्षीया दलित छात्रालाई सामूहिक बलात्कार घटनाका ६४ आरोपितमध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरू छात्राका छिमेकी, बुबाका साथी, खेलकुद प्रशिक्षक र अन्य व्यक्ति छन्। जसमध्ये दुई आरोपित १७ वर्षका नाबालिग छन् भने अन्य १९ देखि ४७ वर्षका छन्।

यस घटनामा अहिलेसम्म आठवटा एफआईआर दर्ता भइसकेका छन्। यी जाहेरी दुई प्रहरी चौकीमा दर्ता भएका हुन्।पथनमथिट्टा जिल्लाका डेपुटी एसपी नन्दकुमार एसले बीबीसी हिन्दीलाई भने, ‘एससी-एसटी ऐन र पोक्सोअन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ, किनभने यी अपराध पाँच वर्षमा भएका छन्। पीडित त्यतिबेला नाबालिग थिइन्।’

उनले थपे, ‘यसबीच सामूहिक बलात्कारका तीनवटा घटना भएका छन्।’यस मुद्दामा पीडितका छिमेकी र बाल्यकालको साथीलाई पहिलो अभियुक्त बनाइएको छ। त्यतिबेला पीडित विद्यार्थी १३ वर्षकी थिइन्। यसबाहेक विद्यार्थीको साथी सामूहिक बलात्कारको कम्तीमा एउटा घटनामा संलग्न भएको आरोप छ।

पथनमथिट्टा जिल्ला अपराध शाखाको मिडिया सेलका सजीव एमले भने, ‘पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहारका प्रमाण छन्, जसबाट उसले विद्यार्थीलाई ब्ल्याकमेल गर्न, यौन शोषण गर्न र आफ्ना साथीहरूकहाँ लैजाने गरेका कुरा खुल्छन्।’

यो कुरा कुटुम्बश्री ‘स्नेहिता’ कार्यक्रमअन्तर्गत सामुदायिक काउन्सिलरको टोलीले पीडितको घर पुग्दा खुल्यो।

बाल कल्याण समिति, पथनमथिट्टाका अध्यक्ष तथा अधिवक्ता एन राजीवले बीबीसी हिन्दीलाई भने, ‘यस कार्यक्रमअन्तर्गत धेरै परिवारको विवरण संकलन गरिन्छ र उनीहरूको समस्या समाधानबारे परामर्श दिइन्छ।’

पीडित र उनकी आमा सीडब्ल्यूसी अध्यक्षको कार्यालयमा गए, जहाँ पीडितले सबै कुरा बताइन्।

‘पीडितले हाम्रो मनोचिकित्सकसँग कुरा गरिन्, जतिबेला उनकी आमा बाहिर पर्खिरहेकी थिइन्। आमालाई उनको श्रीमान्‌को फोन ल्याउन भनियो र यसरी अपराधीहरूको नाम खुलासा भयो’, राजीवले भने।

सामान्यतया सीडब्ल्यूसीले यो मामिला प्रहरी चौकीको स्टेसन हाउस अफिसरलाई रिपोर्ट गर्ने अपेक्षा गरिन्छ।

तर राजीवले भने, ‘हामीलाई लाग्यो कि यो एउटा पृथक घटना हो। त्यसैले हामीले प्रहरी उपरीक्षकलाई जानकारी गरायौँ र उनले तुरुन्तै कारबाही अघि बढाए।’

यसैबीच, राष्ट्रिय महिला आयोगले यस विषयमा राज्य सरकारसँग तीन दिनभित्र प्रतिवेदन ल्याउन भनेको छ। पीडित र उनकी आमालाई सुरक्षित घरमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का